राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको  आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ

राजविराज राजविराज
|
बिहिबार, बैशाख ५, २०७६
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीले गाउँपालिका कार्यालयको लेटर हेड तथा स्टाम प्याड बनाई प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षयको किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेको आरोपमा यादव र मण्डललाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
  •             पुर्वाधार विकास कार्यालय सम्पर्क ईकाई कार्यालय राजविराजमा सितापुर कुनौली आधारभुत विद्यालयसम्म सडक मर्मत निर्माण उपभोक्ता समितिको योजनाको सम्झौता गरी सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो ।
  •       प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम एकलौटी रुपमा लिने उद्देश्यले नक्कली उपभोक्ता समिति बनाएको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ वैशाख ।
    राजपा नेपालका केन्द्रिय सदस्य एवं पूर्वसभासद् विपी भनिने विश्वनाथप्रसाद यादव र राजपाकै अर्का केन्द्रिय सदस्य हरिनारायण मण्डललाई सरकारी कागजातको किर्ते र नक्कली उपभोक्ता समिति बनाएर रकम कुम्ल्याएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले गाउँपालिका कार्यालयको लेटर हेड तथा स्टाम प्याड बनाई प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षयको किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेको आरोपमा यादव र मण्डललाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।             पुर्वाधार विकास कार्यालय सम्पर्क ईकाई कार्यालय राजविराजमा सितापुर कुनौली आधारभुत विद्यालयसम्म सडक मर्मत निर्माण उपभोक्ता समितिको योजनाको सम्झौता गरी सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । 
    प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम एकलौटी रुपमा लिने उद्देश्यले नक्कली उपभोक्ता समिति बनाएको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
    प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न उनले २५ लाखको योजना ल्याएका थिए ।
    यता २५ लाख रुपैयाँको योजनामा नक्कली समितिमार्फत बैंक खातासमेत खोलेर काम समेत शुरु गरेका थिए । तर, स्थानीयहरुले सो काम कुन निकायबाट भइरहेको भनेर सोधपुछ गर्दा यादवले नक्कली उपभोक्ता समिति बनाएको खुलासा भएको हो । 
    यसैबीच बिहीबारै राजपा नेपालका संयोजक सरत्सिंह भण्डारीले राजपा नेपाल सप्तरीका संयोजकलाई एक पत्र लेखर केन्द्रिय सदस्यद्वय यादव र मण्डलको सो कार्यमा संलग्नता तथा घटनामा के भएको हो बारे पत्ता लगाई यथासिघ्र जानकारी पठाउन निर्देशन समेत दिएका छन् । 
    यसअघि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनपछि मधेशी तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका समानुपातिक सांसद रहेको बेला सांसद साह रातो पासपोर्ट काण्डमा मुछिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड
नीजि शिक्षकको पेशागत हकहितको ग्यारेन्टी गर्नुपर्नेमा जोड
अग्नीपिडितलाई राहत प्रदान
अग्नीपिडितलाई राहत प्रदान
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
आईडियलको मुनाफा एक करोड ७५ लाख
आईडियलको मुनाफा एक करोड ७५ लाख
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
करेन्ट लागेर मृत्यु                                                                                  
करेन्ट लागेर मृत्यु                                                                                  
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध