धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
६२ पटक हेरिएको
Shares
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील

सारांश

  • पछिल्लो समयमा अन्य जिल्लाहरुको घटनाको सन्दर्भलाई लिएर सामाजिक सञ्जालहरूः (फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युव आदि) मार्फत भ्रामक अफवाह फैलाउने, एक अर्काको धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित गरी घृणा फैलाउने भाषण गर्ने र अमर्यादित टीका टिप्पणी गरी सामाजिक सद्भाव विथोल्न खोज्ने, सामाजिक सद्भावमा आँच आउन सक्ने खालका हुने गरेको गतिविधी प्रति जिल्ला प्रशासन कार्यालय सप्तरीको गम्भिर ध्यानाकर्षण भएको हो ।
  • प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा सोमबार जारि सूचनामा जिल्लामा आपसी सद्भाव, शान्ति, सुरक्षा र अमनचयन तथा बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको सुन्दर पहिचानलाई कायम राख्न सबैको साझा दायित्व भएकोले जिल्लाभित्र विभिन्न जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकहरूबीच आपसी एकता, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम राख्न सम्पूर्ण नागरिक, धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरु समक्ष हार्दिक अपील गरिएको छ ।
  • सूचनामा “समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्ने जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारवाही भईजाने व्यहोरा समेत सूचित गरिन्छ ।
दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
जिल्ला प्रशासन कार्यालय सप्तरीले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील गरेको छ ।
पछिल्लो समयमा अन्य जिल्लाहरुको घटनाको सन्दर्भलाई लिएर सामाजिक सञ्जालहरूः (फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युव आदि) मार्फत भ्रामक अफवाह फैलाउने, एक अर्काको धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित गरी घृणा फैलाउने भाषण गर्ने र अमर्यादित टीका टिप्पणी गरी सामाजिक सद्भाव विथोल्न खोज्ने, सामाजिक सद्भावमा आँच आउन सक्ने खालका हुने गरेको गतिविधी प्रति जिल्ला प्रशासन कार्यालय सप्तरीको गम्भिर ध्यानाकर्षण भएको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा सोमबार जारि सूचनामा जिल्लामा आपसी सद्भाव, शान्ति, सुरक्षा र अमनचयन तथा बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको सुन्दर पहिचानलाई कायम राख्न सबैको साझा दायित्व भएकोले जिल्लाभित्र विभिन्न जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकहरूबीच आपसी एकता, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम राख्न सम्पूर्ण नागरिक, धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरु समक्ष हार्दिक अपील गरिएको छ ।
सूचनामा “समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्ने जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारवाही भईजाने व्यहोरा समेत सूचित गरिन्छ ।” उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ