एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ११, २०७९
|
|
१६ पटक हेरिएको
Shares
एकिकृत सरकारी कर्मचारी संगठन सप्तरी गठन

सारांश

  •     सुजन दाहालको संयोजकत्वमा रहेको प्रारम्भिक समिति विगठन गरी उक्त समिति गठन भएको हो ।
  •       कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले कर्मचारी मैत्री ऐन निर्माणका लागि प्रदेशशभामा भुमिका खेल्ने प्रतिवद्धता राख्दै कर्मचारीहरुले जनताको काम छिटो छरितो रुपमा पारदर्शि ढंगले गर्न र अन्य कर्मचारी संगठनका कर्मचारी भन्दा फरक र नमुना ढंगले कार्य सम्पादन गर्न निर्देशन दिए ।
  •     सो अधिवेशनबाट अव बन्ने संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कर्मचारी मैत्रि हुनु पर्ने, कर्मचारीको बृद्घि विकास संगै ऐन जारी भए पश्चात पुन समायोजन रोज्न पाउनु पर्ने, अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरुको सेवा सुनिश्चितता सहित आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी हुन बाठो खोेल्नु पर्ने लगायतका विभिन्न विषयमा छलफल गरी सुझाव राखेको छ ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 

    एकिकृत सरकारी कर्मचारी संगठन नेपालको जिल्ला कार्यसमिति सप्तरीको प्रथम अधिवेशनले बुधबार बैजनाथ मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । 
    सुजन दाहालको संयोजकत्वमा रहेको प्रारम्भिक समिति विगठन गरी उक्त समिति गठन भएको हो । 
    कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य गोविन्द बहादुर न्यौपानेले कर्मचारी मैत्री ऐन निर्माणका लागि प्रदेशशभामा भुमिका खेल्ने प्रतिवद्धता राख्दै कर्मचारीहरुले जनताको काम छिटो छरितो रुपमा पारदर्शि ढंगले गर्न र अन्य कर्मचारी संगठनका कर्मचारी भन्दा फरक र नमुना ढंगले कार्य सम्पादन गर्न निर्देशन दिए ।
    सो अधिवेशनबाट अव बन्ने संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कर्मचारी मैत्रि हुनु पर्ने, कर्मचारीको बृद्घि विकास संगै ऐन जारी भए पश्चात पुन समायोजन रोज्न पाउनु पर्ने, अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरुको सेवा सुनिश्चितता सहित आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी हुन बाठो खोेल्नु पर्ने लगायतका विभिन्न विषयमा छलफल गरी सुझाव राखेको छ । 
    एकिकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव शरण कुमार गरुङ्गले भेलाबाट आएका सुझावहरु संगठनले उठान गर्ने जुन सुकै अवस्था आए पनि कर्मचारीको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे ।
    आयोजित अधिवेशनमा एकिकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव शरण कुमार गरुङ्ग, ने.क.पा. एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ता, एकिकृत सरकारी कर्मचारी संगठन नेपालका मधेश प्रदेश इन्चार्ज जय कान्त झा, पेशागत महासंघ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक रवि राय, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष कोशलेन्द्र यादव, एकिकृत स्वास्थ्यकर्मी संगठन जिल्ला अध्यक्ष महेश कुमार यादव, एकिकृत सरकारी कर्मचारी संगठन सिराहा जिल्ला अध्यक्ष इन्द्र पाल समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह
शारिरीकरुपमा अशक्तलाई  घरमै पुगेर नागरिकता प्रदान
शारिरीकरुपमा अशक्तलाई  घरमै पुगेर नागरिकता प्रदान
काँग्रेस नगरसभापतिमा झा विजयी
काँग्रेस नगरसभापतिमा झा विजयी
साह सेवा सदनमा दुर्गा साहको प्यानल बिजयी
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
सप्तरी क्रिकेट संघलाई प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिता गर्ने जिम्मेवारी 
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण सुरु, उद्घाटन खेलमा रुपनी बिजयी
हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट
हाट बजारमा आगलागि हुँदा १ सय ६५ टहरा नष्ट
सामाजिक विकास मन्त्री साहद्वारा ज्येष्ठ नागरिक सम्मानित
सामाजिक विकास मन्त्री साहद्वारा ज्येष्ठ नागरिक सम्मानित