दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
राजबिराज नगरपालिका वडा नं. ४ को वडा कार्यालयको आइतबार शिलान्यास गरिएको छ ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
नयाँ माछा हटियाको छेउमा निर्माण हुन लागेको ४ कोठे भवनको निर्माण हुन लागेको वडा अध्यक्ष मोहम्मद अख्तरले बताउँदै उक्त भवन निर्माण गर्न राजबिराज नगरपालिकाले ९ महिना समय तोकिएको जानकारी दिए ।
राजबिराज नगरपालिकाको सहयोगमा कुल ४१ लाख ६ हजार ४ सय १९ रूपैया लागतमा निर्माण हुन लागेको वडा कार्यालय भवन २०७८ पुस २ गते सम्म सम्पन्न गर्ने सम्झौता गरिएको छ ।
उक्त वडा कार्यालय भवनको निर्माणको जिम्मेवारी माँ ओम बिराट निर्माण सेवा प्रा लि बिराटनगरले लिएको छ ।
सो अवसरमा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, वडा ५ का वडा अध्यक्ष समिर झा, राजबिराज वडा ४ का वडा सदस्य महाबिर दास, आशा साह, डोमनी साफी, रोशन अंसारी, पत्रकार चन्दनकुमार यादब, लगायत स्थानियबासीहरूको उपस्थिति रहेको थियो ।
राजबिराज वडा नं. ४ को कार्यालय भवन शिलान्यास
सारांश
- राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
- नयाँ माछा हटियाको छेउमा निर्माण हुन लागेको ४ कोठे भवनको निर्माण हुन लागेको वडा अध्यक्ष मोहम्मद अख्तरले बताउँदै उक्त भवन निर्माण गर्न राजबिराज नगरपालिकाले ९ महिना समय तोकिएको जानकारी दिए ।
- राजबिराज नगरपालिकाको सहयोगमा कुल ४१ लाख ६ हजार ४ सय १९ रूपैया लागतमा निर्माण हुन लागेको वडा कार्यालय भवन २०७८ पुस २ गते सम्म सम्पन्न गर्ने सम्झौता गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया