कालापानी सधैं चुनावी एजेन्डा नबनोस्

राजविराज राजविराज
|
सोमबार, आषाढ १, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  •     जुन भूभागमा दाबी गरिएको छ त्यो भूभाग कुनै अमूक पार्टीको राजनीतिक नाराको रूपमा मात्रै प्रयोग हुँदै आएको छ ।
  • तर, नेपाल सरकारले वास्तविकरूपमा यो भूभाग हाम्रो हो भन्ने हिसावले कहिल्यै पनि कुरा गरेन वा आफ्नो ठानेन ।
  • कतिपय राजनीतिक दलले आफ्नो राजनीतिक खपतका लागि बनाइराख्ने विषय हो ।

सन्तोष मेहता
    लिपुलेक, लिम्पियाधुरा अथवा कालापानी लगायतका भूभागमा भारतको उपस्थिति छ । सन् १८१६ मा भएको सुगौली सन्धिको अनुच्छेद ३ बमोजिम काली नदीको पूर्व पट्टिका सम्पूर्ण भूभाग नेपालले आफ्नो दाबी गरेको छ, त्यसअनुसार आफ्नो नक्सा जारी गरेको छ । यो एकदमै कुटनीतिक विषय हो । नेपाल र भारतबीच संसारमै विरलै मित्रता भएको पाइन्छ । यी दुई देशबीचको विवाद हो । अहिले नेपालमा भारतप्रति विद्वेष फैलाउने कार्यहरू भइरहेको छ । भारतले अहिले नै ती भूभागहरू कब्जा गरेको भन्ने वास्तविकता त होइन । भारतले बनाएको सडकको सन्दर्भमा पनि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह हुँदाखेरि सन् २००८ सालमै सडक बनिसक्नुपर्ने निर्णय गरेको थियो । सडक निर्माण भएदेखि नै ती ठाउँहरू भारतको अधिपत्यमा रहेका छन् । आजभन्दा ६०–७० वर्ष पहिला १७ ठाउँमा भारतीय सेना थिए, बाँकी १६ वटा ठाउँबाट हटाइयो तर कालापानीबाट हटाइएन अथवा हट्नुपर्छ भन्ने पत्राचारसम्म गरिएन । सुशील कोइराला प्रधानमन्त्री हुँदाखेरि आधिकारिक रूपमा ती भूभाग हाम्रो हो भनेर भनिएको थियो । त्योभन्दा कहिल्यै पनि नेपालले आधिकारिकरूपमा त्यो भूमिमा आफ्नो दाबी पनि गरिएको स्थिति थिएन । समग्रमा भन्नुपर्दा त्यो भूमि नेपालको हो भने यदि हामीसँग सबै प्रमाणहरू छ भने हामी भारतसँग टेबुल टक गर्न सक्छौं । भारत त्यस्तो देश पनि होइन, जसलाई हामीले सबै प्रमाणहरू पेस ग¥यौं भने फिर्ता गर्दैन । हामी प्रमाणहरू पेस गर्छौं, हाम्रो पक्षमा यदि प्रमाणहरू रहन्छ भने हाम्रो भूमि फिर्ता हुन्छ । संसारभरि भूमिका समस्याहरू विभिन्न तरिकाले समाधान हुने गरेका छन् । यदि त्यो भूमि भारतलाई आवश्यक हो भने वैकल्पिक उपायहरू पनि हुनसक्छन् । त्यो पछिको कुरा हो । सबभन्दा पहिला भारतसँग कुटनीतिक रूपमा कुराकानी गरेर यो समस्याको समाधान निकाल्नुपर्छ । 
    सुधारिएको नक्सा भन्नका लागि भारत र सारा दुनियाँले यसलाई स्वीकार ग¥यो भने हाम्रो निम्ति त्यो नक्सा सुधारिएकै हुन्छ । जबसम्म कुनै पनि सम्पतिको स्वामीको अतोपतो हुँदेन तबसम्म त्यो सम्पत्तिमा जसको कब्जा हुन्छ, उसैको सम्पत्ति कहलिन्छ । जब उसको वास्तविक स्वामी भेट्छ, तब त्यो सम्पत्ति उसको हुन्छ । त्यसकारणले त्यो भूमिको अहिलेसम्म वास्तविक स्वामी भेटिएको थिएन । हामीसँग विभिन्न प्रमाणहरू छन्, ती प्रमाणहरूको आधारमा त्यो भूमिको स्वामी हौं । त्यो भूमिमा जसको कब्जा छ उसँग कुरा गरेर प्रमाणहरू देखाएर अनि मात्रै त्यो नक्सा वास्तविक हुन्छ । नक्सा जारी गरेर उम्लिरहेको दुधमा पानी छर्कने काम मात्रै सरकारले गरेको छ । कम्युनिष्ट पार्टीका निम्ति कालापानी सधैं चुनाव जित्ने मुद्दा रह्यो । अब नक्सा सार्वजनिक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्सी जोगाउने काम मात्रै गर्नुभएको छ । यदि वास्तविकरूपमै ती भूभाग नेपालको भूगोलभित्र पर्छ भने वार्ता गरी निष्कर्ष निकाल्नुपर्छ । भारत सरकारका प्रवक्ताले यो विषयमा सम्वाद गर्न भारत तयार रहेको बताएका छन् । सम्वादमा नेपालले आफ्ना कुराहरू दरोसँग राख्न सकियो भने समस्याको समाधान हुन्छ । भारतलाई विस्तारवादी अथवा भारतले नेपालको सिमाना मिचेको भनेर नेपालमा जसरी भारत विरोधी मानसिकता बनाएको छ, वास्तवमा नेपाल सरकारले पनि यो कुरालाई स्पष्ट पार्नुपर्छ । सबै ठाउँको सिमानाको समस्या समाधान भएको छ, कालापानी र सुस्ताबाहेक । छिमेकी राष्ट्रहरूसँगै सिमाना विवाद हुने गर्छ र त्यसको समाधान पनि हुन्छ । भारतले नै स्वीकार गरेको छ कि दुई ठाउँमा सीमा विवाद छ । तर, चीनले जुन सिमानाहरू मिचेको छ त्यस विषयमा चीनले कुरा गर्नेसम्म भनेको पनि छैन । त्यसकारणले भारतले यति उदारता देखाएको भन्ने कुरालाई सकारात्मकरूपमा लिनुपर्छ । 
    जुन भूभागमा दाबी गरिएको छ त्यो भूभाग कुनै अमूक पार्टीको राजनीतिक नाराको रूपमा मात्रै प्रयोग हुँदै आएको छ । तर, नेपाल सरकारले वास्तविकरूपमा यो भूभाग हाम्रो हो भन्ने हिसावले कहिल्यै पनि कुरा गरेन वा आफ्नो ठानेन । कतिपय राजनीतिक दलले आफ्नो राजनीतिक खपतका लागि बनाइराख्ने विषय हो । कुनै बेला यसलाई सत्ताको भ¥याङ बनाउने कुनै बेला सत्ता टिकाउने चाबी बनाउने काम मात्र अहिलेसम्म गरिरहेको छ । त्यसकारणले हामी चाहन्छौं यस समस्याको समाधान होस् । नेपाल, भारत र चीन तीनै देश बसेर यो समस्याको समाधान होस् भन्ने हाम्रो चाहना हो । 
    नक्सा सार्वजनिक गरेको कुरालाई लिएर भारत र नेपालबीचको मित्रवत् सम्बन्ध, कुटनीतिक सम्बन्ध र अन्य प्रकारका सम्बन्धहरूमा कुनै पनि दरार नहोस् । नेपालले आफ्नो तरिकाले नक्सा सार्वजनिक ग¥यो र यही कारणले गर्दा मित्रताको सम्बन्धमा कुनै दरार आयो भने नेपालले भारतसँग कुरा गर्नुपर्छ । यसलाई सधैंभरिका लागि राजनीतिक नाराको विषय अब बनाउनु हुँदैन । आफूसँग भएका सम्पूर्ण प्रमाणहरू र भारतले पनि आफ्ना प्रमाणहरू राख्ला । त्यो प्रमाणको आधारमा यो मुद्दालाई सधैंका निम्ति समाधान गर्नुपर्छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भर्खरै भन्नुभयो कि सम्वाद गर्न हामी तयार छौं । यस विषयमा नेपालले आजसम्म तदारूकता देखाएकै छैन । यो समस्या आएको ६०–७० वर्ष भयो । अहिले भारत पनि वार्ता गर्न सकारात्मक रहेको बेला नेपालले यसको उपयोग गर्दै वार्ता प्रक्रिया अगाडि बढाउनुपर्छ । अहिले वैश्विक महामारी कोरोनाको संकट छ । यसबाट पार पाउने बित्तिकै नेपालले तदारूकताका साथ वार्ता गरोस् । 
    सबभन्दा पहिला त ती भूमि कसको हो भन्ने प्रष्ट हुनुपर्छ । हामी नेपाली हौं, त्यसकारणले नाराका लागि त्यो भूमि हाम्रै हो भन्न सकौला । जब दुई देशबीच वार्ताको कुरा हुन्छ त्यतिखेर त्यो भूमि कस्को हो भन्ने कुराको निक्र्योल हुनुप¥यो । लिम्पियाधुरादेखि पूर्वपट्टिका सम्पूर्ण भूमि यदि नेपालको ठहरिन्छ भने त्यसपछि हामी कुनै निष्कर्षमा पुग्न सक्छौं । त्यो भूमि यदि नेपालकै ठह¥यो भने भारतलाई सामरिक सुरक्षाको महत्व राख्छ भने भारत मित्रराष्ट्र भएको हुनाले भूमिको सट्टापट्टा पनि हुनसक्छ । यसको प्रत्यक्ष उदाहरणका लागि हामीले भारत र बंगलादेशबीच भएको सीमा सम्झौतालाई हेर्न सक्छौं । तर पहिला त त्यो विवादित भूमि कसको भन्ने स्पष्ट हुनुपर्छ । किनभने भर्खरै भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले हामी वार्ता गर्न त तयार छौं तर त्यो भूमि हाम्रै हो भन्ने दाबी गर्नुभएको छ । त्यस्तै भारतीय सेना प्रमुखको पनि वक्तव्य आएको छ । त्यसकारणले त्यो भूमिमा भारतको पनि दाबी छ । भारतको दाबी हुनुको पछाडि भारतसँग पनि केही प्रमाणहरू छ कि । त्यो भूमिमा हामीले पनि सुगौली सन्धिलाई आधार बनाएर दाबी गरेका छौं । त्यसकारणले यी दुवै दाबीको बीचमा कसको दाबी ठिक भन्ने कुराको निष्कर्ष त दुवै पक्ष नबसीकन हुँदैन । (कुराकानीको आधारमा) (मधेश दर्पण फिचर सेवा)

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा र फोरम एकीकरणको अपरिहार्यता  
चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको  आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
काजमा रहेका पाँच चिकित्सक गजेन्द्र  नारायण सिंह अस्पतालमा फिर्ता
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी