डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, चैत्र ७, २०७९
|
|
४८ पटक हेरिएको
Shares
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ

सारांश

  •     प्रहरीेले उनलाई गाँउघरमै लुकि वसेको अवस्थामा सोमवार साँझ पक्राउ गरेको हो ।
  • थारुले २०५८ साल जेठ २ गते सोही नगरपालिकाका सूर्य नारायण पालको घरमा घुसी पालको हात खुट्टा बाँधेर ६७ हजार ४० रुपैया बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •     डकौतिको मुख्य योजनाकार थारु नै रहेको तथा सो मुद्दा संलग्न अन्य १०÷११ जना भने अझै फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    डाका मुद्दाका फरार एक अभियुक्त २० वर्ष पछी पक्राउ परेका छन्् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ का ६५ वर्षिय फुल कुमार चौधरी थारु छन् । 
    प्रहरीेले उनलाई गाँउघरमै लुकि वसेको अवस्थामा सोमवार साँझ पक्राउ गरेको हो । थारुले २०५८ साल जेठ २ गते सोही नगरपालिकाका सूर्य नारायण पालको घरमा घुसी पालको हात खुट्टा बाँधेर ६७ हजार ४० रुपैया बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    डकौतिको मुख्य योजनाकार थारु नै रहेको तथा सो मुद्दा संलग्न अन्य १०÷११ जना भने अझै फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।
    उनलाई जिल्ला अदालत सप्तरीले २०७१ साल चैत्र १० गते ६ वषै कैद सजाय र १ लाख १९ हजार १ सय ८२ रुपैया जरिवाना ठहर गरेको थियो । घट्ना पछी उनी फरार थिए । पक्राउ परेका थारुलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार मंगलवार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?