उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २२, २०७८
|
|
१८ पटक हेरिएको
Shares
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो

सारांश

  •     निर्वाचन आयोगले पनि उनलाई आधिकारिता दिँदै उक्त इच्छा पुरा गरिदिएको बताउँदै नेता महतोले मधेशी एकता खण्डित गर्नेहरुसँग सजग रहन कार्यकर्ताहरुलाई सुझाव पनि दिए ।
  •       उनले अधिकार प्राप्तिका लागि ताकत चाहिन्छ, ताकतका लागि एकता चाहिन्छ, एकता भाड्ने तत्वलाई जनताले दण्डित गर्नु जरुरी रहेको बताए ।
  •       पार्टी फुटेर शुन्य अवस्थामा पुग्न लागेका उपेन्द्र यादवलाई मधेशी मधेशीबीचको एकता बलियो तुल्याउन आफूहरुले निशर्त एकता गरेर उनको पार्टीलाई जोगाई दिएको दाबीका साथ महतोले भने, “अहिले उपेन्द्र यादव त्यो गुण बिर्सेर पार्टी फोड्ने काममा व्यस्त देखिएका छन् ।

दैनिक समाचारदाता
राजबिराज, २२ साउन ।
    जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवका कारण पार्टी बिखण्डन भएको आरोप लगाएका छन् ।     राजविराजमा शुक्रबार आफ्ना पक्षका अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाउँदै अहिले मधेशी एकता फोडेर उपेन्द्र यादवले ठूलो अपराध गरेको टिप्पणी समेत गरे । 
    निर्वाचन आयोगले पनि उनलाई आधिकारिता दिँदै उक्त इच्छा पुरा गरिदिएको बताउँदै नेता महतोले मधेशी एकता खण्डित गर्नेहरुसँग सजग रहन कार्यकर्ताहरुलाई सुझाव पनि दिए । 
    उनले अधिकार प्राप्तिका लागि ताकत चाहिन्छ, ताकतका लागि एकता चाहिन्छ, एकता भाड्ने तत्वलाई जनताले दण्डित गर्नु जरुरी रहेको बताए । 
    पार्टी फुटेर शुन्य अवस्थामा पुग्न लागेका उपेन्द्र यादवलाई मधेशी मधेशीबीचको एकता बलियो तुल्याउन आफूहरुले निशर्त एकता गरेर उनको पार्टीलाई जोगाई दिएको दाबीका साथ महतोले भने, “अहिले उपेन्द्र यादव त्यो गुण बिर्सेर पार्टी फोड्ने काममा व्यस्त देखिएका छन् ।”
    एक अर्को प्रसङ्गमा उनले मधेश बिरोधी भनेर चिनिएका तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई मधेशका पक्षमा माँग पुरा गर्न आफूहरुले तयार पारेको जिकिर गर्दै कार्यकर्ताको रिहाई, मुद्दा फिर्ता, नागरिकता विदेयक लगायतका उपलब्धी छोटो समयमै पाएको दाबी गरे । 
    उनले भने, “ओली नेतृत्वको सरकारमा १८ दिन मन्त्रिमण्डलमा बसेर ती मागहरु पुरा गरायौं उपेन्द्र यादवले १८ महिना ओली नेतृत्वकै सरकारमा बसेर मधेशका लागि के–के काम गर्न सके उनको प्रश्न थियो ? 
    पूर्वराजपाका जिल्ला संयोजक सुनिल झाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपाका कार्यकारणी सदस्य केशव झा, केन्द्रिय सदस्य राजिव झा, जयप्रकाश ठाकुर, बिनोद सिंह, दिपेन्द्र चौधरी, साधना झा, बिजय यादव, दिनेश यादव, अमरनाथ मण्डल, यूवानेता बिनोद यादव र शम्भु यादव लगायतले पनि बोल्दै पार्टी विभाजन भए मधेशमा जसपा नेपाल महन्थ र राजेन्द्र समूह नै बलियो रहने दाबी गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु
कानुन व्यवसायीद्वारा प्रदर्शन
कानुन व्यवसायीद्वारा प्रदर्शन
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण