दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुलेसँगै सप्तरीमा उक्त पदमा आवेदन दिनेहरुको सहभागिता उत्साजनक देखिएको छ ।
सप्तरीमा ४ हजार २ सय २२ जना निर्वाचन प्रहरीका लागि भर्ना आह्वान गरिएको छ । आवेदन आह्वान गरिएको ६ दिनमा ५ हजार ८ सय ३३ जनाले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनका अनुसार आवेदन लिने अन्तिम दिन माघ १ गते आवेदकको संख्या ७ हजार पुग्न सक्ने अनुमान गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि सुरु गरिएको आवेदन प्रक्रिया निर्वाचन प्रहरी पदमा १८ वर्ष पुरा भईसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन रहनेछ वा नेपाल सरकारले तोकेअनुसार हुनेछ । सेवा सुविधा अन्तर्गत प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको पारिश्रमिक रु ३४ हजार ७ सय ७६ प्रदान गरिने जनाइएको छ । यो सँगै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्च पनि उपलब्ध गराइने छ ।
निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
सारांश
- सप्तरीमा ४ हजार २ सय २२ जना निर्वाचन प्रहरीका लागि भर्ना आह्वान गरिएको छ ।
- आवेदन आह्वान गरिएको ६ दिनमा ५ हजार ८ सय ३३ जनाले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
- उनका अनुसार आवेदन लिने अन्तिम दिन माघ १ गते आवेदकको संख्या ७ हजार पुग्न सक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया