दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
राजविराज नगरपालिका वडा ७ स्थित नेहा अफसेट प्रेसमा सोमवार विहान आगलागी भएको छ ।
प्रेस युनियन सप्तरीका पुर्व सभापती समेत रहेका पत्रकार ओम प्रकाश साहद्वारा संचालित उक्त प्रेसमा विहान १० बजेतीर अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट १० लाख बराबर क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । राजविराज नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा १ घन्टाको प्रयास पछी आगोमाथी नियन्त्रण कायम गरि थप क्षतीबाट जोगाइएको प्रहरीले जनाएको छ ।
आगलागीमा ३ थान कम्प्युटर, ३ थान प्रिन्टर, फर्निचर, आवश्यक कागजात लगायतका समाग्रीहरु जलेर नष्ट भएको प्रेसका कर्मचारी राजेश चौधरीले बताए ।
काम विशेषले बजार तिर निस्केको तथा प्रेसमा कोही नभएको वेला अचानक आगालगी हुँदा समय मै नियन्त्रणको उपाय नभएकाले बढी क्षती हुन पुगेको हो ।
नेहा प्रेसमा आगलागी हुँदा १० लाख बराबरको क्षती
सारांश
- प्रेस युनियन सप्तरीका पुर्व सभापती समेत रहेका पत्रकार ओम प्रकाश साहद्वारा संचालित उक्त प्रेसमा विहान १० बजेतीर अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।
- आगलागीबाट १० लाख बराबर क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ ।
- राजविराज नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा १ घन्टाको प्रयास पछी आगोमाथी नियन्त्रण कायम गरि थप क्षतीबाट जोगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया