दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यमा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव निर्वाचित भएका छन् ।
मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था अनुसार यादवसहित अजय चौरसिया, उद्योगपति बिनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय निर्वाचित भएका छन् । यादवले एक हजार ९ सय ५९ मत ल्याई पाँचौं स्थान हासिल गरे भने अजय चौरसियाले दुई हजार ५ सय २२, विनोद चौधरी दुई हजार २ सय ६ ,चन्द्रमोहन यादव दुई हजार १ सय ३८ र महेन्द्रकुमार राय एक हजार ९ सय ८४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।
नवनिर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुनुहुन्छ भने चन्द्रमोहन भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका छोरा हुन ।
यस्तै मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार ९ सय ६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८ सय ८३ र नागिना यादव दुई हजार ८ सय ४६ मत ल्याएर विजयी भएका छन् ।
गत मंसिर २७ गते पदाधिकारीसहित १ सय ३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशीतर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधबारसम्म सार्वजनिक गर्ने गरी मत गणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव केन्द्रीय सदस्यमा निर्वाचित
सारांश
- मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था अनुसार यादवसहित अजय चौरसिया, उद्योगपति बिनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय निर्वाचित भएका छन् ।
- यादवले एक हजार ९ सय ५९ मत ल्याई पाँचौं स्थान हासिल गरे भने अजय चौरसियाले दुई हजार ५ सय २२, विनोद चौधरी दुई हजार २ सय ६ ,चन्द्रमोहन यादव दुई हजार १ सय ३८ र महेन्द्रकुमार राय एक हजार ९ सय ८४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् ।
- नवनिर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुनुहुन्छ भने चन्द्रमोहन भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवका छोरा हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया