दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
राजविराजमा संचालित अन्तर विद्यालय जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा दुर्गा सकेण्ड्रीले प्रिमियर सेकेण्ड्रीलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजरंगशालामा संचालित उक्त प्रतियोगितामा प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानी १ सय १ रनको योगफल तयार पारको थियो ।
प्रिमियरका लागि रोहित भगत र युवराज साहले सामान २५ रन तथा प्रदिप यादवले १९ रनको योगदान दिएका थिए । बलिंग तर्फ दुर्गाका भिम यादवले ३ तथा सफल थापाले १ बिकेट लिएका थिए ।
१ सय २ रनको लक्ष्य लिई मैदानमा ओर्लेको दुर्गाले उक्त लक्ष्य सजिलै १६ ओभर ५ बलमा ५ बिकेटको नोक्सानीमा भेटाएका थिए ।
दुर्गाका लागि अभिशेक कार्की २४ र सुमित झाले १० तथा निलेश देवले १३ रनको योगदान दिएका थिए भने सफल थापा ११ र श्रवण मुखिया ७ रनमा नटआउट रहेका थिए । बलिंग तर्फ प्रिमियरका रोहित भगतले २ तथा मो. सदाम र जय यादवले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच दुर्गा सेकेण्ड्री स्कुलका भिम यादवलाई सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले नगद तथा ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत बुधवार सृजना सेकेन्ड्री स्कुल र लिटल एन्जल सेकेण्ड्री स्कुल बिच हुने आयोजक समितिका संयोजक खेलानन्द दासले जानकारी दिएका छन् ।
दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश
सारांश
- सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजबिराजको आयोजनामा राजरंगशालामा संचालित उक्त प्रतियोगितामा प्रिमियरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानी १ सय १ रनको योगफल तयार पारको थियो ।
- प्रिमियरका लागि रोहित भगत र युवराज साहले सामान २५ रन तथा प्रदिप यादवले १९ रनको योगदान दिएका थिए ।
- बलिंग तर्फ दुर्गाका भिम यादवले ३ तथा सफल थापाले १ बिकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया