दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जनता समाजवादी पार्टी नेपाललाई आग्रह गरेका छन् ।
प्रेस संगठन सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले प्रधानमन्त्री ओलीले विगतमा धेरैलाई ठगेको आरोप लगाउँदै यस पटक जसपालाई पनि ठग्ने कुरामा भन्न नसकिने बताए ।
उनले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिंदै प्रचण्डलाई समेत दुई पटक ठगेको भन्दै यस्तो अवस्थामा जसपालाई पनि प्रधानमन्त्रीले ठग्ने सक्ने आशंका व्यक्त गरे ।
उनले काँग्रेससँग जसपाको सकारात्मक वार्ता भएको भन्दै काँग्रेसले जसपासँग सरकार बनाउने कार्यमा सहमत भएमा माओवादी केन्द्रले पनि साथ दिने उल्लेख गरे । उनले जसपालाई अग्रगमनको साथ दिन आग्रह गर्दै प्रतिगमनकारीलाई परास्त गर्न अग्रगमनकारीबीच सहकार्य आवश्यक रहेको बताए ।
नेता यादवले जसपाले राख्दै आएको रेशम चौधरी रिहाइको माग र संविधान संशोधनको कामलाई अगाडि बढाइने बताउँदै सरकार बनेपछि रेशम चौधरीको रिहाइ र संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिएकाले त्यसका लागि पनि प्रयास सुरु हुने उल्लेख गरे ।
ओली नेतृत्वको सरकारसँग सहकार्य नगर्न जसपालाई मातृका यादवको आग्रह
सारांश
- प्रेस संगठन सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले प्रधानमन्त्री ओलीले विगतमा धेरैलाई ठगेको आरोप लगाउँदै यस पटक जसपालाई पनि ठग्ने कुरामा भन्न नसकिने बताए ।
- उनले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिंदै प्रचण्डलाई समेत दुई पटक ठगेको भन्दै यस्तो अवस्थामा जसपालाई पनि प्रधानमन्त्रीले ठग्ने सक्ने आशंका व्यक्त गरे ।
- उनले काँग्रेससँग जसपाको सकारात्मक वार्ता भएको भन्दै काँग्रेसले जसपासँग सरकार बनाउने कार्यमा सहमत भएमा माओवादी केन्द्रले पनि साथ दिने उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया