दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपासँग एकता पहिलो प्राथमिकताले मधेशको राजनीतिमा नयाँ तरंग आउने दाबी गरेका छन् ।
संचारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको खोजीमा आफूले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकीकरणको प्रस्ताव ल्याएको बताए ।
हालै सम्पन्न संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले अध्यक्ष यादवको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र रकम चेम्जोङसहित पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री एवं उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले पहिलो प्राथमिकता राजपासँगकै एकता भएपनि राप्रपा (प्रजातान्त्रिक), नयाँशक्ति र जनमुक्ति पार्टीका केही नेताले यसै हप्ता संघीय समाजवादी फोरममा प्रवेश गर्ने जानकारी दिए ।
उनले राजपाका संयोजक राजेन्द्र महतो, पुर्वसंयोजक महन्थ ठाकुरसँग पनि कुराकानी भएको बताए । यस्तै, राप्रपा (प्रजातान्त्रिक) बाट दीपक बोहरासँग वार्ता चलिरहेकोले चाडै नै उनी पनि फोरममा प्रवेश गर्ने दाबी गरे ।
आउँदो वैशाख २९ र ३० गते पार्टीको राष्ट्रिय एकताको महाधिवेशन गर्ने निर्णय भएकोले त्यसअघि नै विभिन्न दलका नेताहरूलाई पार्टीमा प्रवेश गराउने प्रयास शुरु भएको उनले बताए ।
मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव
सारांश
- संचारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको खोजीमा आफूले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकीकरणको प्रस्ताव ल्याएको बताए ।
- हालै सम्पन्न संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले अध्यक्ष यादवको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र रकम चेम्जोङसहित पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
- स्वास्थ्य मन्त्री एवं उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले पहिलो प्राथमिकता राजपासँगकै एकता भएपनि राप्रपा (प्रजातान्त्रिक), नयाँशक्ति र जनमुक्ति पार्टीका केही नेताले यसै हप्ता संघीय समाजवादी फोरममा प्रवेश गर्ने जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया