कोइलाडी फाइनलमा प्रवेश

राजविराज राजविराज
|
सोमबार, माघ १९, २०७७
|
|
४६ पटक हेरिएको
Shares
कोइलाडी फाइनलमा प्रवेश

सारांश

  •     मौसमका कारण १३ ओभरमा छोट्याइएको पहिलो खेलमा टस जितेर ब्याट्रि गर्दै कोइलाडीले ७ विकेटको नोक्सानीमा ७५ रन बनाएको थियो ।
  • जसमा जितेन्द्र पासमानले सार्वधिक १८, रिषभ सिंहले १३ तथा जुगनु मण्डलले १२ रनको योगदान दिएका थिए ।
  • लौनियाँका लागि दिनेश कुमार मण्डलले सर्वाधिक ३ विकेट, शिव सुन्दर मण्डलले २ तथा अजय मण्डल र दिलीप मण्डलले १÷१ विकेट लिए ।

दैनिक समाचारदाता
राजविराज, १९ माघ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फइनलमा वडा नं. ४ कोइलाडी प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कोइलाडीले वडा नं. २ लौनियाँलाई ३० रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
    मौसमका कारण १३ ओभरमा छोट्याइएको पहिलो खेलमा टस जितेर ब्याट्रि गर्दै कोइलाडीले ७ विकेटको नोक्सानीमा ७५ रन बनाएको थियो । जसमा जितेन्द्र पासमानले सार्वधिक १८, रिषभ सिंहले १३ तथा जुगनु मण्डलले १२ रनको योगदान दिएका थिए । लौनियाँका लागि दिनेश कुमार मण्डलले सर्वाधिक ३ विकेट, शिव सुन्दर मण्डलले २ तथा अजय मण्डल र दिलीप मण्डलले १÷१ विकेट लिए ।

    ७६ रनको बिजयी लक्ष्य पछ्याएको लौनियाँ १२ ओभर २ बलमा सबै विकेट गुमाई ४५ रन मात्र बनाउन सफल भयो । लौनियाँका भगवानदेव मण्डलले अविजित रहँदै २५ रन बनाउनु बाहेक कुनै पनि खेलाडि दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । 
    कोइलाडीकालागि जुगनु मण्डलले घातक बलिङ गर्दै ३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए भने जयराम मण्डलले २ तथा अक्षय मण्डलले १ विकेट लिए । उक्त खेलमा कोइलाडीका जुगनु मण्डललाई गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले म्यान अफ द म्याच ट्रफी प्रदान गरे ।
    यस्तै सोमबारै सम्पन्न दोस्रो खेलमा वडा नं. ३ सकरपुराले वडा नं.७ मन्सापुरलाई ६५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वडा नं. ३ सकरपुराले २० ओभरमा ६ विकेट गुमाई १३२ रन बनाएको थियो । जसमा अमित मण्डलले विष्फोटक ब्याटिङ गर्दै ७ चौकाको मद्तले ४७ बलमा ६३ रन बनाएका थिए । मन्सापुरका लागि सुबोध मण्डलले २ तथा अजय मरिक र धिरज मण्डलले १÷१ विकेट लिए ।
    १ सय ३३ रनको लक्ष्य पाएको मन्सापुरले १६ ओभर ४ बलमा सबै विकेट गुमाई ६७ रन मात्र बनाउन सकेको थियो । मन्सापुरका लागि रोशन मण्डल र महेश मण्डलले समान १६÷१६ रन तथाउमेश मालीले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंक मा प्रवेश गर्न सकेनन् । सकरपुराकालागि श्यामदेव मण्डल र प्रदीप मण्डलले समान ३÷३ विकेट लिए भने सुरज मण्डलले १विकेट लिए । उक्त खेलमा सकरपुराका प्रदीप मण्डललाई गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले म्यान अफ द म्याच ट्रफी प्रदान गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?