तिलाठीका किसानलाई अनुदानमा कुट्टी काट्ने मेशिन वितरण

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
२० पटक हेरिएको
Shares
तिलाठीका किसानलाई अनुदानमा कुट्टी काट्ने मेशिन वितरण

सारांश

  • वडा नं.
  • ७ मन्सापुर वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष हरिनारायण मण्डल र पशु विकास शाखा प्रमुख बद्री नारायण मण्डलले संयुक्त रुपमा १३ जना किसानलाई सो मेशिन हस्तान्तरण गरे ।
  • विद्युतीय मोटरको सहायतामा चल्ने मेशिनले कम समयमा धेरै कुट्टी काट्ने भएकोले किसानलाई फाइदा पुग्ने बताउँदै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले पशुपालन क्षेत्रको विकासका लागि पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त मेशिन हस्तान्तरण गरिएको बताए ।
दैनिक समाचारदाता
राजविराज, ६ साउन । 
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले पशुपालक किसानहरुलाई बुधबार चापकटर मेशिन (कुट्टी काट्ने मेशिन) वितरण गरेको छ ।
वडा नं. ७ मन्सापुर वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष हरिनारायण मण्डल र पशु विकास शाखा प्रमुख बद्री नारायण मण्डलले संयुक्त रुपमा १३ जना किसानलाई सो मेशिन हस्तान्तरण गरे ।
विद्युतीय मोटरको सहायतामा चल्ने मेशिनले कम समयमा धेरै कुट्टी काट्ने भएकोले किसानलाई फाइदा पुग्ने बताउँदै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले पशुपालन क्षेत्रको विकासका लागि पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त मेशिन हस्तान्तरण गरिएको बताए ।
आर्थिक बर्ष २०८२÷०८३ मा किसानहरुबाट माग संकलन गरिएको र २६ जना किसानले मात्र विद्युतीय चापकटर मेशिन माग गरेकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाबाट खरिद गरी हस्तान्तरण गरिएको पशु विकास शाखा प्रमुख बद्रीनारायण मण्डलले जानकारी दिए । बाँकी रहेको १३ वटा मेशिन पनि छिट्टै वितरण गरिने पशु विकास शाखा प्रमुख मण्डलले जनाए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हरिनारायण मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कृषि विकास शाखा प्रमुख उमेश मण्डल, विपद् शाखा प्रमुख राजेश कुमार झासहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागु औषधसहित भारतीय नागरिक पक्राउ
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
नयाँ नेतृत्वको चयन गर्दै मधेश प्रदेश कबड्ी संघको अधिवेशन सम्पन्न 
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
चार दलका शिर्ष नेताहरुको इसारामा मुलुकको शासन व्यवस्था चलिरेहको छ ः डा. सीके राउत
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति