“रुपनी बजार” को जग्गा विवाद ५० बर्ष देखि बल्झिदै,  २५ जनाले पाए जग्गाधनी पूर्जा, १ सय ७६ जना अझै पर्खाइमा

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
१९३ पटक हेरिएको
Shares
“रुपनी बजार” को जग्गा विवाद ५० बर्ष देखि बल्झिदै,  २५ जनाले पाए जग्गाधनी पूर्जा, १ सय ७६ जना अझै पर्खाइमा

सारांश

  • एक महिनाअघि प्रारम्भिक जग्गाधनीसँगको समन्वयमा वडा नं.
  • १ का फुलोदेवी साह, अनितादेवी साह, मो.
  • सुलेमान मियाँ र केदारप्रसाद साहले जग्गाधनी पुर्जा प्राप्त गरे ।
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी बजार स्थापना भएको ५० वर्ष बितिसक्दा पनि हालसम्म २५ जनाले मात्र जग्गाधनी पूर्जा प्राप्त गरेका छन् भने १ सय ७६ जना अझै पर्खाइमा छन् ।
एक महिनाअघि प्रारम्भिक जग्गाधनीसँगको समन्वयमा वडा नं. १ का फुलोदेवी साह, अनितादेवी साह, मो. सुलेमान मियाँ र केदारप्रसाद साहले जग्गाधनी पुर्जा प्राप्त गरे । उनीहरुलाई गाउँपालिका अध्यक्ष दिनेश यादवले पुर्जा हस्तान्तरण गरे ।
यसअघि गाउँपालिकाका पूर्वअध्यक्ष हरेराम यादवको कार्यकालमा २१ जनाले पनि यस्तै प्रक्रियामार्फत जग्गाधनी पुर्जा प्राप्त गरेका थिए ।
रुपनी गाउँपालिकाको केन्द्र समेत रहेका ’रुपनी बजार’ को जग्गा विवाद ५० बर्ष देखि बल्झिएकै अवस्थामा छ । पूर्वअध्यक्ष हरेराम यादवका अनुसार सुरुमा निकै कम मूल्यमा जग्गा उपलब्ध गराएका परिवारका नयाँ पुस्ताले अहिले बढेको बजार मूल्यअनुसार रकम माग गर्न थालेपछि समस्या झन् जटिल बनेको हो ।
त्यसबेला प्रति कठ्ठा दुई सय रुपैयाँ रहेको जग्गाको मूल्य अहिले लाखौं रुपैयाँ पुगेको छ । यही कारण धेरै जग्गाधनी परिवारले पुरानो सहमति अनुसार जग्गा पास गर्न अस्वीकार गर्दै आएका छन् । परिणामस्वरुप, पाँच दशकदेखि बसोबास गर्दै आएका परिवार अझै कानुनी स्वामित्वबाट वञ्चित छन् ।
कानुनी रुपमा जग्गा भने प्रारम्भिक जग्गादाताकै नाममा छन् भने घर बनाएर बसोबास गर्ने व्यक्ति एकातिर छन् र उनीहरुबाट बिटौरी कर लिने गाउँपालिका अर्कोतिर छ । एउटै जग्गामा तीनपक्षको स्वामित्व कायम रहेकै कारण समस्या सृजना भएको पुर्व अध्यक्ष यादव बताउछन् ।
यसले जग्गा किनबेच, बैंक ऋण, घर निर्माण तथा अन्य कानुनी प्रक्रियामा समेत स्थानीयलाई कठिनाइ भइरहेको उनको तर्क छ ।
रुपनी बजार आधुनिक बन्दै गएको छ, व्यापार विस्तार भइरहेको छ र नयाँ पुस्ता यहीँ हुर्किएका छन । तर, आफ्नै घरजग्गाको पुर्जा हातमा नहुँदा १ सय ७६ परिवारको भविष्य अझै अनिश्चित छ ।
गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले सम्बन्धित जग्गाधनी परिवारसँग समन्वय गरी बसोबास गर्दै आएका स्थानीयको नाममा जग्गा पास गराउने प्रयास जारी रहेको बताए ।
पूर्वअध्यक्ष हरेराम यादव पनि यही प्रक्रियालाई दीर्घकालीन समाधान हुने बताउँदै २५ जनाले यसै विधिबाट पुर्जा प्राप्त गरिसकेकाले बाँकी परिवारका लागि पनि यही उपाय प्रभावकारी हुनेमा जोड समेत दिए ।
बि.स. २०३२ सालमा तत्कालीन नकटी रायपुर गाउँपञ्चायतले बजार बसाउनका लागि स्थानीय १२ जना जग्गाधनीबाट ६ बिघा १० कठ्ठा जग्गा प्रति कठ्ठा दुई सय रुपैयाँका दरले खरिद गरेको थियो । तत्कालीन प्रधानपञ्च मुसहरु यादवले बजार बसाउन जग्गा दिने जग्गाधनीहरुलाई रकम भुक्तानी गरेर भरपाइ गराए पनि गाउँपञ्चायतको नाममा जग्गा पास गराउन भने सकेनन् । पछि सो जग्गालाई गाउँपञ्चायतले २०१ वटा प्लटमा विभाजन गरी प्रति प्लट दुई सय रुपैयाँका दरले स्थानीयलाई बसोबासका लागि उपलब्ध गराइयो । तर, कानुनी रुपमा जग्गा अझै पनि प्रारम्भिक जग्गाधनीकै नाममा रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
अग्निपीडित झालाई राहत प्रदान
अग्निपीडित झालाई राहत प्रदान
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
करेन्ट लागेर बृद्धको मृत्यु
करेन्ट लागेर बृद्धको मृत्यु
प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा  फाईनलमा, महोत्तरीको पहिलो जित
प्रदेश २ स्तरिय महिला क्रिकेटमा सिरहा  फाईनलमा, महोत्तरीको पहिलो जित
वरिष्ठ वामपन्थी नेता वर्माको निधन
वरिष्ठ वामपन्थी नेता वर्माको निधन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?