तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट

राजविराज राजविराज
|
बिहिबार, चैत्र १६, २०७९
|
|
४६ पटक हेरिएको
Shares
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट

सारांश

  •     जिल्लाको बोदेबरर्साइन नगरपालिका ३ मधुवन टोलमा बिहीबार अचानक आगलागि हुँदा ४ लाख ८६ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
  •       सो आगलागिमा वडा नं.
  • ३ मधुवन टोल बस्ने कपिल देव यादवको दुई कोठे र खाद्यान्न तथा अन्य सामानहरु जलेर नष्ट हुँदा ३ लाख २१ हजार मुल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    सप्तरीको बोदेबरसाइन र हनुमाननगर कंकालिनी नगरपालिकामा भएको आगलागिमा घर, गाइगोठ तथा परालको टालो जल्दा ५ लाख ८६ हजार मुल्य बराबरको क्षति भएको छ ।  
    जिल्लाको बोदेबरर्साइन नगरपालिका ३ मधुवन टोलमा बिहीबार अचानक आगलागि हुँदा ४ लाख ८६ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
    सो आगलागिमा वडा नं. ३ मधुवन टोल बस्ने कपिल देव यादवको दुई कोठे र खाद्यान्न तथा अन्य सामानहरु जलेर नष्ट हुँदा ३ लाख २१ हजार मुल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
    यस्तै आगलागिमा हरी यादवको गाई गोठ र घर जलेर नष्ट हुँदा १ लाख, स्थानिय पवन कुमार यादवको गाईगोठ, खाद्यान्न, परालको टालो जलेर नष्ट हुँदा ८५ हजार र नन्दकिशोर यादवको गाईगोठ, खाद्यान्न जलेर नष्ट हुँदा ८० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    यस्तै बुधबार साँझ जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ सकरदही निवासी रामचन्द्र मण्डलको खेतमा राखेको परालको टालमा अचानक आगलागी हुँदा २० हजार तथा सोही नगरपालिका वडा नं. ४ बिराजि टोल निवासी राजेश्वर बिराजीको खेतमा राखेको परालको टालमा आगलागी हुँदा २५ हजार मुल्य बराबरको क्षति भएको छ । 
    तीनै स्थानको आगलागि प्रहरी, स्थानियबासी तथा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    सप्तरीमा दिनहु जसो आगलागीका घटना हुन थाल्दा विषेश गरी ग्रामिण क्षेत्रका वासिन्दा त्रसित भएका छन । गर्मी बढेसंगै जिल्लामा २ साता यता आगलागीका १३ घटना भइ १ करोड ५० लाख भन्दा बढीको सम्पती जलेर नष्ट भएको प्रहरी तथ्याङ्कले देखएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?