तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट

राजविराज राजविराज
|
बिहिबार, चैत्र १६, २०७९
|
|
७१ पटक हेरिएको
Shares
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट

सारांश

  •     जिल्लाको बोदेबरर्साइन नगरपालिका ३ मधुवन टोलमा बिहीबार अचानक आगलागि हुँदा ४ लाख ८६ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
  •       सो आगलागिमा वडा नं.
  • ३ मधुवन टोल बस्ने कपिल देव यादवको दुई कोठे र खाद्यान्न तथा अन्य सामानहरु जलेर नष्ट हुँदा ३ लाख २१ हजार मुल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    सप्तरीको बोदेबरसाइन र हनुमाननगर कंकालिनी नगरपालिकामा भएको आगलागिमा घर, गाइगोठ तथा परालको टालो जल्दा ५ लाख ८६ हजार मुल्य बराबरको क्षति भएको छ ।  
    जिल्लाको बोदेबरर्साइन नगरपालिका ३ मधुवन टोलमा बिहीबार अचानक आगलागि हुँदा ४ लाख ८६ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
    सो आगलागिमा वडा नं. ३ मधुवन टोल बस्ने कपिल देव यादवको दुई कोठे र खाद्यान्न तथा अन्य सामानहरु जलेर नष्ट हुँदा ३ लाख २१ हजार मुल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
    यस्तै आगलागिमा हरी यादवको गाई गोठ र घर जलेर नष्ट हुँदा १ लाख, स्थानिय पवन कुमार यादवको गाईगोठ, खाद्यान्न, परालको टालो जलेर नष्ट हुँदा ८५ हजार र नन्दकिशोर यादवको गाईगोठ, खाद्यान्न जलेर नष्ट हुँदा ८० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    यस्तै बुधबार साँझ जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ सकरदही निवासी रामचन्द्र मण्डलको खेतमा राखेको परालको टालमा अचानक आगलागी हुँदा २० हजार तथा सोही नगरपालिका वडा नं. ४ बिराजि टोल निवासी राजेश्वर बिराजीको खेतमा राखेको परालको टालमा आगलागी हुँदा २५ हजार मुल्य बराबरको क्षति भएको छ । 
    तीनै स्थानको आगलागि प्रहरी, स्थानियबासी तथा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    सप्तरीमा दिनहु जसो आगलागीका घटना हुन थाल्दा विषेश गरी ग्रामिण क्षेत्रका वासिन्दा त्रसित भएका छन । गर्मी बढेसंगै जिल्लामा २ साता यता आगलागीका १३ घटना भइ १ करोड ५० लाख भन्दा बढीको सम्पती जलेर नष्ट भएको प्रहरी तथ्याङ्कले देखएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या