मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान

राजविराज राजविराज
|
बुधबार, भाद्र १५, २०७९
|
|
६६ पटक हेरिएको
Shares
मन्त्री साह र प्रतिनिधिसभा  सदस्य यादवद्वारा एक महिनाको  तलब मदरसालाई प्रदान

सारांश

  •     सप्तरीको कंचनरुप नगरपालिका वडा नं.
  • २ महादेवपट्टीस्थित दारुल कुरान मदरसाको निरिक्षण गर्न आईपुगेका मन्त्री साहले आप्mनो एक महिनाको तलब सुविधा गरी ७१ हजार रुपैया मदरसालाई सहयोग उपलब्ध गराएका हुन् ।
  •       जिल्लामा प्रदेश सरकारको सहयोगमा मन्दिर, मदरसा, विद्यालय भवन, सामुदायिक भवन, इदगाहा, खेलकुद भवन, धर्मशाला, स्वास्थ्य चौकी लगायतका संरचना निर्माणमा मन्त्री साह व्यस्त छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।

    मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले आफ्नो एक महिनाको तलब सुविधा अस्त ब्यस्त अवस्थामा रहेको मदरसालाई व्यवस्थित ढंगले संचालन गर्न सहयोग उपलब्ध गराएका छन् । 
    सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ महादेवपट्टीस्थित दारुल कुरान मदरसाको निरिक्षण गर्न आईपुगेका मन्त्री साहले आप्mनो एक महिनाको तलब सुविधा गरी ७१ हजार रुपैया मदरसालाई सहयोग उपलब्ध गराएका हुन् । 
    जिल्लामा प्रदेश सरकारको सहयोगमा मन्दिर, मदरसा, विद्यालय भवन, सामुदायिक भवन, इदगाहा, खेलकुद भवन, धर्मशाला, स्वास्थ्य चौकी लगायतका संरचना निर्माणमा मन्त्री साह व्यस्त छन् । तीन महिनाको अवधीमा सप्तरीमा मात्र मन्त्री साहद्वारा २३ वटा नयाँ संरचनाको निर्माण कार्य पुरा भइ उद्घाटन समेत गरिसकिएको छ । 
    मन्त्री साहका स्वकिय सचिव राजकुमार यादवले सप्तरीमा मात्र होइन, प्रदेशका अन्य जिल्लाहरुमा समेत प्रदेश सरकारको सहयोगमा निर्माण भएका ५ दर्जन भन्दा बढी संरचनाको मन्त्री साहले उदघाटन गरिसकेको जानकारी दिएका छन् । 
    यस्तै उनी संगै पुगेका प्रतिनीधी सभासदस्य डा. सुर्य नारायण यादवले पनि सो अवसरमा मदरसा व्यवस्थापनका लागी आप्mनो एक महिनाको तलब भत्ता सहयोग गर्ने घोषणा गरे । 
    डा. यादवले सहयोग घोषणा गरेको रकम १÷२ दिन भित्रै मदरसा व्यवस्थापन समितीको खातामा जम्मा गरि दिने प्रतिबद्धता जनाए । 
    सो अवसरमा मधेश प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, जसपा कंचनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादव, जसपाका नेता भोला पासवान लगायतको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
सडक निर्माणको माग गर्दै सडक जाम
सडक निर्माणको माग गर्दै सडक जाम
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त