दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले आफ्नो एक महिनाको तलब सुविधा अस्त ब्यस्त अवस्थामा रहेको मदरसालाई व्यवस्थित ढंगले संचालन गर्न सहयोग उपलब्ध गराएका छन् ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ महादेवपट्टीस्थित दारुल कुरान मदरसाको निरिक्षण गर्न आईपुगेका मन्त्री साहले आप्mनो एक महिनाको तलब सुविधा गरी ७१ हजार रुपैया मदरसालाई सहयोग उपलब्ध गराएका हुन् ।
जिल्लामा प्रदेश सरकारको सहयोगमा मन्दिर, मदरसा, विद्यालय भवन, सामुदायिक भवन, इदगाहा, खेलकुद भवन, धर्मशाला, स्वास्थ्य चौकी लगायतका संरचना निर्माणमा मन्त्री साह व्यस्त छन् । तीन महिनाको अवधीमा सप्तरीमा मात्र मन्त्री साहद्वारा २३ वटा नयाँ संरचनाको निर्माण कार्य पुरा भइ उद्घाटन समेत गरिसकिएको छ ।
मन्त्री साहका स्वकिय सचिव राजकुमार यादवले सप्तरीमा मात्र होइन, प्रदेशका अन्य जिल्लाहरुमा समेत प्रदेश सरकारको सहयोगमा निर्माण भएका ५ दर्जन भन्दा बढी संरचनाको मन्त्री साहले उदघाटन गरिसकेको जानकारी दिएका छन् ।
यस्तै उनी संगै पुगेका प्रतिनीधी सभासदस्य डा. सुर्य नारायण यादवले पनि सो अवसरमा मदरसा व्यवस्थापनका लागी आप्mनो एक महिनाको तलब भत्ता सहयोग गर्ने घोषणा गरे ।
डा. यादवले सहयोग घोषणा गरेको रकम १÷२ दिन भित्रै मदरसा व्यवस्थापन समितीको खातामा जम्मा गरि दिने प्रतिबद्धता जनाए ।
सो अवसरमा मधेश प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, जसपा कंचनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादव, जसपाका नेता भोला पासवान लगायतको उपस्थिती रहेको थियो ।
मन्त्री साह र प्रतिनिधिसभा सदस्य यादवद्वारा एक महिनाको तलब मदरसालाई प्रदान
सारांश
- सप्तरीको कंचनरुप नगरपालिका वडा नं.
- २ महादेवपट्टीस्थित दारुल कुरान मदरसाको निरिक्षण गर्न आईपुगेका मन्त्री साहले आप्mनो एक महिनाको तलब सुविधा गरी ७१ हजार रुपैया मदरसालाई सहयोग उपलब्ध गराएका हुन् ।
- जिल्लामा प्रदेश सरकारको सहयोगमा मन्दिर, मदरसा, विद्यालय भवन, सामुदायिक भवन, इदगाहा, खेलकुद भवन, धर्मशाला, स्वास्थ्य चौकी लगायतका संरचना निर्माणमा मन्त्री साह व्यस्त छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया