पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 

राजविराज राजविराज
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३२ पटक हेरिएको
Shares
पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी 

सारांश

  •     प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री राजकुमार लेखीले जनकपुरस्थित मानव सेवा आश्रममा रहेका खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) हरुलाई खाना खुवाएका हुन् ।
  •     सो क्रममा मन्त्री लेखीले मानव सेवा आश्रमको भावनासँग आफू जोडिएको जिकिर गर्दै समाज परिवर्तन र सामाज रुपान्तरणको लागि आफ्नो बिधार्थी जिवनदेखी नै विभिन्न अभियानहरुको नेतृत्व गरेको उल्लेख गरे ।
  • उनले आफ्नो गृह जिल्लाको सप्तकोसी नगरपालिकामा आश्रम निर्माणकै लागि आफ्नो पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमको लागि दानमा दिएको समेत बताए ।

दैनिक समाचारदाता
जनकपुर, १६ जेठ । 

    तीन दिवसीय गणतन्त्र दिवस मनाउने क्रममा शुक्रबार अन्तिम दिन मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरुलाई खाना खुवाएको छ । 
    प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री राजकुमार लेखीले जनकपुरस्थित मानव सेवा आश्रममा रहेका खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) हरुलाई खाना खुवाएका हुन् ।
    सो क्रममा मन्त्री लेखीले मानव सेवा आश्रमको भावनासँग आफू जोडिएको जिकिर गर्दै समाज परिवर्तन र सामाज रुपान्तरणको लागि आफ्नो बिधार्थी जिवनदेखी नै विभिन्न अभियानहरुको नेतृत्व गरेको उल्लेख गरे । उनले आफ्नो गृह जिल्लाको सप्तकोसी नगरपालिकामा आश्रम निर्माणकै लागि आफ्नो पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमको लागि दानमा दिएको समेत बताए । 
    मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले यस पटकको गणतन्त्र तीन दिवसीय रुपमा मनाएको छ । पहिलो दिन मधेश भवन र प्रदेश मातहतका मन्त्रालयहरुमा सरसफाई, रक्तदान, दोश्रो दिन मधेश प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।  
    वि.स. २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइने गरिन्छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
एनआइसी एशिया बंैकको चमत्कारीक बचत निक्षेप योजना सार्वजनिक 
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
स्व. सिंहको सप्तरीको विकासमा महत्वपूर्ण योगदान
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
देउवा पक्षिय उम्मेदवार प्यानलसहित निर्विरोध
बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण