दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी कोईलाडी क्रिकेट टिमले हात पारेको छ ।
तिलाठी कोईलाडी गाउपालीकाको आयोजना तथा सप्तरी क्रिकेट संघको संयोजनामा संचालित प्रतियोगिताको आइतबार सम्पन्न फाईनल खेलमा मंसापुर क्रिकेट टिमलाई ८७ रनले पराजित गर्दै कोईलाडीले उपाधी हात पारेको हो ।
टस जितेर कोईलाडी टिमले निर्धारित २० ओभरको खेलमा सबै बिकेट गुमाई १ सय ३५ रनको योगफल खडा गरेको थियो । जसमा जितेन्द्र पासवान ३०, रोहित सिँह २४ र नरेश मण्डलले १४ रनको योगदान दिएका थिए ।
बलिँग तर्फ मंसापुरका अजय मरिक ४, सुबोध मरिक २, धिरज मण्डल र महेश मण्डलले १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा मंसापुर टिम १२ ओभरमै सबै बिकेट गुमाई ४८ रन मै समेटिएको थियो । जसमा राजा राम मण्डलले १३ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
मंसापुरलाई सस्तोमा आउट गर्न कोईलाडी टिमका रोहित सिँहले किफायती बलिँग गर्दै ४ ओभरमा ९ रन दिएर ५ बिकेट हात पारेका थिए भने रोबिन सिँह २ तथा जुगनु मण्डल र नरेश मण्डलले १÷१ बिकेट हात पारेका थिए ।
फाईनल खेलमा ५ बिकेट लिने रोहित सिँह म्यान अफ द म्याच घोषित भएका थिए । खेलको म्यान अफ द सिरिज दिपेश सरदार, बेस्ट ब्याट्स म्यान धिरज मण्डल, बेस्ट बलर मोहम्मद गुडु घोषित भएका थिए ।
प्रतियोगिता समाप्तीपछि आयोजित समारोहमा तिलाठी कोईलाडी गाउपालीका उपाध्यक्ष सुचिता यादब, वडा ३ का अध्यक्ष मनोज चौधरी, ४ अध्यक्ष गोपी मण्डल, ६ का अध्यक्ष गोबिन्द यादब, ७ अध्यक्ष गुलाव प्रसाद सिँह, ८ का लक्ष्मी प्रसाद खंग मण्डल, पुर्व राष्ट्रिय खेलाडी राजकुमार दास, प्रतियोगिता संयोजक राजेश झा, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी लगायतले बिजेता तथा उपबिजेता, अम्पायर, फिल्ड ब्यबस्थापक, लगायतलाई शिल्ड, कप, मेडल ताथ प्रमाणपत्र बितरण गरेका थिए ।
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
सारांश
- तिलाठी कोईलाडी गाउपालीकाको आयोजना तथा सप्तरी क्रिकेट संघको संयोजनामा संचालित प्रतियोगिताको आइतबार सम्पन्न फाईनल खेलमा मंसापुर क्रिकेट टिमलाई ८७ रनले पराजित गर्दै कोईलाडीले उपाधी हात पारेको हो ।
- टस जितेर कोईलाडी टिमले निर्धारित २० ओभरको खेलमा सबै बिकेट गुमाई १ सय ३५ रनको योगफल खडा गरेको थियो ।
- जसमा जितेन्द्र पासवान ३०, रोहित सिँह २४ र नरेश मण्डलले १४ रनको योगदान दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया