दैनिक समाचारदाता
राजविराज, १० चैत ।
तराई÷मधेशमा श्रद्धा र निष्ठा पूर्वक मनाइने चार दिवसीय चैती छठ पर्व अन्तर्गत तेश्रो दिन मंगलबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिइएको छ ।
सुर्यलाई अर्घ दिएर व्रतालुले आफ्ना परिवारको सुखः शान्ति र दिर्घायुको कामना गरेका छन ।
सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, तुृरन्ती र पुरणी लगायतका पोखरीमा सय भन्दा बढी बनाइएका छठघाटमा व्रतालुले सुर्यलाई अर्घ दिए । भाकल गरेका कतिपय व्रतालु अस्ताउँदो सुर्यलाई अर्घ दिन घरबाट घिस्रिएर पुजाघाटसम्म पुगेका थिए ।
कार्तिक र चैत्त महिनामा छठ पर्व मनाईन्छ । कार्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहे पछि केही वर्ष यता चैत्ती छठ पर्व मान्नेको संख्या पनि बढ्दै गएको छ ।
चार दिवसीय छठ पर्व अन्र्तगत बुधवार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि समापन हुने छ ।
यता बि.स. २०७६ सालमा कोभिडले विश्वलाई प्रभावित बनाएपछि कृत्रिम पोखरी बनाएर आफ्नौ निवासमै पनि छठ मनाउनेको संख्यामा बढ्दै गएको छ ।
यसै क्रममा राजविराज ८ निवासी सुमित्रा गुप्ताले छठको अर्घ दिन आफ्नै घर आंगनमै कृत्रिम पोखरी बनाएर अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छिन् ।
उनले घरबाट टाढा पोखरी रहेको तथा गर्मी र हवाहुरीका कारण घर आंगनमै कृत्रिम पोखरी बनाएर सूर्य उपासनाको पर्व छठमा सहभागि भएको बताईन । उनी कोरोना कालदेखी नै यसरी घर आंगनमै छठ पर्व मनाउदै आईरहेकी छिन् ।
उनले परिवारको सुख, शान्ति र इच्छित मनोकांक्षाका लागि कात्तिक महिनामा मनाइने छठ पर्वमा समेत यसरी नै कृत्रिम पोखरी बनाएर सूर्यको पूजा गर्ने गरेको सुनाइन् ।
धुमधामका साथ मनाईदै चैती छठ
सारांश
- सुर्यलाई अर्घ दिएर व्रतालुले आफ्ना परिवारको सुखः शान्ति र दिर्घायुको कामना गरेका छन ।
- सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, तुृरन्ती र पुरणी लगायतका पोखरीमा सय भन्दा बढी बनाइएका छठघाटमा व्रतालुले सुर्यलाई अर्घ दिए ।
- भाकल गरेका कतिपय व्रतालु अस्ताउँदो सुर्यलाई अर्घ दिन घरबाट घिस्रिएर पुजाघाटसम्म पुगेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया