पत्रकारिता जगतप्रति असहिष्णुता किन ?

राजविराज राजविराज
|
बिहिबार, श्रावण २४, २०८१
|
|
१ पटक हेरिएको
Shares
पत्रकारिता जगतप्रति असहिष्णुता किन ?

सारांश

  •     साउन २२ गते समाचार संकलनका लागि सप्तरीको राजगढ गाउँपालिका पुगेका पत्रकारहरुमाथि त्यस गाउँपालिकाका अध्यक्षले दुब्र्यवहार गर्दै कोठामा थुनेको समाचारले तरङ्ग नै ल्यायो ।
  • गैरकानुनी रूपमा गाउँसभा गरेको भन्दै केही जनप्रतिनिधि र स्थानीयले मंगलबार २२ गते गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पत्रकारहरु गएका थिए ।
  • समाचार संकलनका लागि गएका पत्रकारहरु आर.

    साउन २२ गते समाचार संकलनका लागि सप्तरीको राजगढ गाउँपालिका पुगेका पत्रकारहरुमाथि त्यस गाउँपालिकाका अध्यक्षले दुब्र्यवहार गर्दै कोठामा थुनेको समाचारले तरङ्ग नै ल्यायो । गैरकानुनी रूपमा गाउँसभा गरेको भन्दै केही जनप्रतिनिधि र स्थानीयले मंगलबार २२ गते गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पत्रकारहरु गएका थिए । समाचार संकलनका लागि गएका पत्रकारहरु आर.एन. विश्वास, नवीनकुमार गुप्ता र विद्यानन्द रामसँग गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारको माइक खोस्दै प्रमुख प्रशासकीय अधिकृतको कोठामा थुनेर दुब्र्यवहार गरे । विश्वास नेपाल पत्रकार महासंघ सप्तरीका सचिव तथा कान्तिपुर टेलिभिजनका उपसम्पादक समेत हुन् भने गुप्ता महासंघका कोषाध्यक्षसँगै राजविराज दैनिक पत्रिकासँग आबद्ध छन् । यसैगरी विद्यानन्द नेपाल समाचारपत्रका जिल्ला संवाददाता हुन् । घटनापछि नेपाल पत्रकार महासंघ सप्तरी आन्दोलित भएको छ ।
    राजगढ गाउँपालिकाका अध्यक्ष मण्डलले विधि, पद्धति र ऐन विपरीत १३औं गाउँसभा गरेको भन्दै उपाध्यक्षसहित १७ जना गाउँसभा सदस्यहरु पुनःगाउँसभा गर्नुपर्ने लगायतका विभिन्न मागसहितको ज्ञापन पत्र साउन २० गते प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई बुझाएका थिए । उक्त ज्ञापन पत्रको बोधार्थ सोही दिन मधेस प्रदेश सरकारका मुख्यमन्त्री र संघ सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पठाएको थियो । सो ज्ञापनपत्रको मागसहितको बोधार्थ पत्र गाउँपालिका अध्यक्ष मण्डललाई बुझाउने कार्यक्रमको समाचार संकलनका लागि तीनै जना पत्रकारहरु त्यहाँ पुगेका थिए ।
    यसैगरी राजविराज दैनिकमा गत ११ साउनमा नवीनकुमार गुप्ताले “महादेवामा काम नगरी करोडौंको भुक्तानी” शीर्षकको समाचार लेखेपछि गुप्तालाई ज्यान मार्ने धम्की आयो ।
    तथ्यको आधारमा समाचार लेखेकै कारण पत्रकार गुप्तालाई महादेवा गाउँपालिकाका अभिषेक मण्डलले फोन गरेर समाचारमा मेरो नाम किन जोडेको भन्दै ज्यान मार्ने धम्की दिएका थिए । मण्डलले माफी माग्दै गल्ती भएको स्वीकार गरेपछि पत्रकारहरुको आन्दोलन स्थगित भएको थियो । धम्की दिने मण्डललाई पनि पत्रकार महासंघको समन्वयमा जिल्ला प्रहरी कार्यालयले २४ घण्टापछि रिहा गरेको थियो । 
    समाचारकै कारण पत्रकार मनोहर पोखरेलसँग प्रहरीले गरेको अभद्र ब्यवहार र त्यसपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अभिब्यक्ति र ब्यवहारका कारण सप्तरीका पत्रकारहरु आन्दोलित नै भएका थिए । विभिन्न चरणमा भएको आन्दोलनपछि प्रजिअ थापाले आफ्नो गल्ती स्वीकारेपछि आन्दोलन स्थगित भएको थियो । 
    माथि उल्लेखित घटनाहरु प्रतिनिधिमूलक मात्र हुन् । यस्ता खाले थुप्रै घटनाहरुको सप्तरीका पत्रकारहरुले सामना गर्दै आएका छन् । भोग्दै आएका छन् । पछिल्ला केही बर्षदेखि पत्रकारमाथि यस्ता खालका घटनाहरुले सप्तरीका जनप्रतिनिधि तथा समाज असहिष्णु बन्दै गएको देखिन्छ । 
    सञ्चार भनेको सूचना र विचारको आदान–प्रदान हुने सामाजिक प्रक्रिया हो । मानिसलाई सामाजिकीकरण गर्ने मूल माध्यम पनि सञ्चार हो । मानिसभित्र रहेका विचार, भावना र सोचलाई एक–आपसमा आदानप्रदान गर्न सहयोग पु¥याउने भएकाले सञ्चार र समाजको अन्तरनिर्भरतापूर्ण सम्बन्ध रहेको छ । 
    मानव सभ्यताको विकास क्रमसँगै मानिसहरूमा स्वार्थपूर्ण सम्बन्ध बढ्दै गएको देखिन्छ । जब मानिसले सूचना र सन्देश प्राप्त गर्नका लागि सञ्चारमाध्यममा निर्भरता बढाउँदै गयो, त्यसले अन्तरनिर्भरताको पक्षलाई मलजल गरेको देखिन्छ । पछिल्ला दिनहरूमा आएर मानिसहरूले सञ्चारमाध्यमलाई आवश्यकता अनुसार उपभोग गरेको पाइन्छ । सूचना प्राप्तिदेखि मनोरञ्जनका लागि मात्र होइन, सामाजिक सम्बन्धहरूको सुरुवातदेखि सुधार गर्नसमेत सञ्चारमाध्यमको प्रयोग गरिएका उदाहरणहरू प्रशस्तै छन् । पछिल्ला दिनहरुमा पत्रकार तथा सञ्चारमाध्यमहरुलाई आफ्नो स्वार्थ अनुसार उपभोग मात्र हैन उपयोग गर्न लागिपरेको देखिन्छ । तर, सञ्चारमाध्यमबाट यस्ता स्वार्थ पूरा नहुदाँ यस्तै आक्रमणको घटनाहरु सिर्जना हुन्छन् ।
    सामाजिक सम्बन्धहरू व्यक्तिको स्वभाव र व्यवहारले निर्धारण गर्ने गर्दछ । समाजले नरुचाउने सम्बन्धहरूले समाज नै विकृत बनाउँछ । व्यक्तिको आचरण, व्यवहार तथा अभ्यास नै समुदायको दर्पण भएकाले समाज त्यसबाट अछुतो रहन सक्दैन । व्यक्ति, समुदाय हुँदै समाजमा पर्ने प्रभावले सामाजिक अन्तरक्रियाहरूलाई सकारात्मक वा नकारात्मक दिशानिर्देश गरेको हुन्छ । सञ्चार जगतमा पनि त्यसको प्रभाव पर्दै गएको छ । ब्यक्तिको आचरण र ब्यवहारले हरेक क्षेत्रका मानिसको ब्यक्तित्व झल्काउने गर्दछ । पत्रकारिता जगतमा यस कुराले अझ धेरै प्रभाव पारेको छ । अनियमितता, भ्रष्टाचार, अनैतिक क्रियाकलाप, सामाजिक कुरीति जस्ता घटना तथा बिषयवस्तुहरुलाई उजागर गर्न थालिएपछि पछिल्ला केही बर्षदेखि सप्तरीमा पत्रकारितालाई नरुचाउने जमात बढ्दै गएको देखिन्छ । सप्तरीमा करिब २० बर्ष पत्रकारिता गर्दाको मेरो अनुभवले पनि विगतमा यस्ता खालका घटनाहरु अत्यन्तै न्युन रहेको देखाउँछ । 
    पछिल्लो समयमा सामाजिक सञ्जालहरूको प्रयोग गर्ने युवाहरूको संख्या बढिरहेको छ । सञ्चारमाध्यम भनेको समाचार, जानकारी मात्रै होइन, विचारसमेत प्रवाह गरिने माध्यम पनि हो । तर,सामाजिक सञ्जालहरूलाई सावधानीपूर्वक प्रयोग नगरिएकै कारण विभिन्न सामाजिक अपराधका घटनाहरू बढिरहेका छन् । सामाजिक सञ्जाललाई आफ्नो स्वार्थ पूर्ति गर्ने थलो, अरुलाई बदनाम गर्ने, लाञ्छना लगाउने, चरित्रहत्या गर्ने थलोको रुपमा प्रयोग गर्न थालिएको छ । जसलाई नियमन गर्नु पनि त्यत्तिकै जरुरी छ ।
    मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछिको परिवर्तित परिवेशमा स्थानीय तहहरुमा विभिन्न किसीमले बेथिती मौलाउँदै गएको छ । एकातिर अनियमितता, भ्रष्टाचार, बेथिती मौलाउँदै गएको छ भने कतै कतै जनप्रतिनिधिहरुमा तानाशाही प्रवृत्ति समेत हावी हुँदै गएको आरोप लाग्ने गरेको छ । राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरुले स्थानीय तहका नेतृत्ववर्गप्रति लक्षित गर्दै समय समयमा प्रयोग गर्ने ब्यङ्ग्यात्मक शब्द “छोटे राजा” वास्तवमा सावित पनि हुँदै गएको छ । “विधि, प्रक्रिया, नीति, नियम केही पनि होइन, मैले भनेपछि सबै हुनुपर्छ” भन्ने मानसिकताले जरो गाडेको छ । जसले गर्दा त्यस्ता मानसिकता भएका जनप्रतिनिधि तानाशाह बन्दै गएको आरोप लाग्ने गरेको छ ।
    त्यस्तै तानाशाहको आरोप लागेपछि वास्तविकता बुझ्न जाँदा भएको दुब्र्यवहार सम्बन्धी राजगढ गाउँपालिकाको समाचार आएपछि त्यसमाथि प्रतिक्रिया जनाउनेहरुले सञ्चारकर्मीहरुको खेदो नै खने । कुनै खोजमुलक समाचार वा अनियमितता, भ्रष्टाचार वा कुनै सामाजिक बिषयवस्तुसँग जोडिएका बिषयमा लेखिएको समाचारप्रतिको प्रतिक्रियाले नै हाम्रो समाज कतातिर गईरहेको छ भन्ने स्पष्ट हुन्छ । समाचारले उठान गरेको बिषयवस्तु, पत्रकारिताको धर्म, सिद्धान्त र सिमा के हो त्यस बारेमा जानकारी हासिल नगरी अनावश्यक टिकाटिप्पणी, लाञ्छना लगाउने कार्यहरु हुँदै आएको छ । थोरै मात्र अध्ययन गरेर आफ्नो धारणा बनाउने प्रवृतिको शिकार बन्दै गएको छ सप्तरीको पत्रकारिता । समाचार वा आलेख सामाजिक सञ्जालमा पोष्टिएपछिको प्रतिक्रियाले त झन् कहिलेकाँही विरक्त लाग्ने गर्छ भने रिस पनि त्यत्तिकै उठेर आउँछ । तर,समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै त्यसलाई नियन्त्रण गरि आफ्नो कर्मप्रति सञ्चारकर्मीहरुले ध्यान पु¥याउनुपर्ने हुन्छ । 
    पत्रकारिताको पनि आफ्नै धर्म हुन्छ । आचार संहिता हुन्छ । सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरु त्यसमा बाँधिनु पर्ने हुन्छ । पालना गर्नुपर्ने हुन्छ । समाजमा रहेको सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षहरुमाथि निष्पक्ष रुपले कमल चलाउनु पत्रकारिताको धर्म तथा सिद्धान्त हो । सप्तरीको पत्रकारिता पनि त्यसै धर्ममाथि अडिग रहँदै आएको छ । तर, समाजले यस कुरालाई नबुझिकनै पत्रकारिता जगतमाथि नकारात्मक धारणा तय गर्न तम्सिन्छ । अन्य ठाउँको तुलनामा सप्तरीको पत्रकारिता समाजप्रति विगतदेखि नै संवेदनशिल, उत्तरदायी र अनुशासित रहँदै आएको छ । 
    हरेक कुराको सकारात्मक र नकारात्मक गरी दुईटा पाटो हुन्छ । पत्रकारितामा पनि केही ब्यक्ति तथा संस्थाका कारण आम समुदायमा नकारात्मक धारणा बनेको होला । नहोला त्यो भन्न सकिन्न । तर, एक दुई जना विग्रिदैमा सिंगो समाजलाई गाली गर्नु न्यायोचित होइन । पत्रकारिता अन्य पेशाको तुलनामा संवेदनशील पेशा भएकोले एक दुई जनालाई पनि विग्रिने छुट छैन । पत्रकारिताको सिद्धान्त तथा आचार संहिताको पालना गर्नु सवैको दायित्व हो ।
    समाज परिवर्तनका लागि विगतमा भएका हरेक आन्दोलनमा सप्तरीको पत्रकारिता जगतले साथ र सहयोग गर्दै आएको छ । प्रजातान्त्रिक आन्दोलन होस्, गणतन्त्र प्राप्तीको आन्दोलन होस् या मधेश आन्दोलन होस्, सप्तरीका पत्रकार तथा सञ्चारमाध्यमले भरमग्दुर सहयोग गरेको कसैबाट लुकेको छैन । विगतका आन्दोलनहरुमा पेशागत महासंघको एउटा सशक्त सदस्य भएको नाताले नेपाल पत्रकार महासंघ सप्तरी शाखा हरेक आन्दोलनमा काँधमा काँध मिलाएर होमिएकै हो । 
    विगतमा पत्रकारको हरेक सुखदुःखमा साथ दिएका पेशागत महासंघ तथा राजनीतिक दलहरु पछिल्लो केही बर्षदेखि सप्तरीको पत्रकारिता जगतसँग मुख मोडेका छन् । पत्रकारहरुमाथि भएका आक्रमण, दुब्र्यवहार जस्ता घटनाहरुमा सप्तरीका राजनीतिक दल तथा पेशागत महासंघ चुप लागेर बसेको देखिन्छ । समाजको सबै वर्ग, तहतप्का, निकायका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले बोलि दिनुपर्ने, लेखिदिनु पर्ने तर पत्रकारितामाथि संकट आईपर्दा समाजका कुनै वर्ग वा निकायले पत्रकारिता जगतलाई साथ दिंदैनन् । कुनै ब्यक्ति, संस्था वा समाजमाथि कुनै समस्या आएमा सहयोग तथा समाधानका लागि पत्रकारलाई खोज्ने गरिन्छ तर पत्रकारमाथि समस्या÷संकट आएपछि कोही पनि अगाडि आएर सहयोग गर्न चाहँदैनन् । चाहे त्यो पेशागत संगठन होस् या राजनीतिक संगठन । राजगढ गाउँपालिकामा भएको दुब्र्यवहार होस् या महादेवा गाउँपालिकाको ज्यान मार्ने धम्कीपछिको आन्दोलनको कार्यक्रम होस् पत्रकारको आन्दोलनमा पत्रकार बाहेक कसैले सहानुभूति समेत प्रकट गर्दैनन् । पत्रकारिताप्रतिको समाजको दृष्टिकोण र धारणा यसबाट पनि प्रष्ट हुन जान्छ । पत्रकारिता बिनाको समाजको कल्पना पनि गर्न सकिदैन । पटक पटक पत्रकार र पत्रकारितामाथिको आक्रमणले अन्ततः समाजनै कमजोर हुन जान्छ । तसर्थ समयमै यसतर्फ सोच्नु सबै पक्षको दायित्व हुनजान्छ । अस्तु ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
धनतेरस र तिहारको चहल पहल
धनतेरस र तिहारको चहल पहल