अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
६७ पटक हेरिएको
Shares
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले

सारांश

  •     अस्पतालको डेन्टल ओपिडी वार्डबाट सुरु भएको आगलागी तत्काल नियन्त्रणको उपाय हुन नसक्दा छेउमै रहेको रेकर्ड कोठामा समेत फैलिएको थियो ।
  • आगलागीबाट डेन्टल र रेकर्ड विभागमा रहेको करिब २४ लाख मुल्य बराबरको सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
  • आगो विद्युतीय गतिमा फैलिएपछि विरामी र आफन्तमा भागाभाग मच्चिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २५ फागुन । 

    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार बिहान ११ बजेतिर विद्युत सर्ट भई आगलागी भएको छ । सो आगलागिमा लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण तथा अन्य सामानहरु जलेर नष्ट भएको छ ।
    अस्पतालको डेन्टल ओपिडी वार्डबाट सुरु भएको आगलागी तत्काल नियन्त्रणको उपाय हुन नसक्दा छेउमै रहेको रेकर्ड कोठामा समेत फैलिएको थियो । आगलागीबाट डेन्टल र रेकर्ड विभागमा रहेको करिब २४ लाख मुल्य बराबरको सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो विद्युतीय गतिमा फैलिएपछि विरामी र आफन्तमा भागाभाग मच्चिएको थियो ।
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेश मिश्राका अनुसार उक्त दुवै विभागका गरी ३ वडा डेन्टल मेशिन, २ वटा कम्प्रेसर मेशिन, ३ वटा डेन्टल चेयर, १ वटा फ्रिज, ७ वटा पंखा, टेबुल, कुर्सी र अन्य उपकरण गरी २४ लाख बराबरको सम्पति जलेर खरानी भएको छ । 
    घट्नाको खवर पाए लगत्तै नेपाली सेना बरख गणको दमकल तथा मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको दमकलको सहयोगमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले बिहान ११ः५० बजेतिर आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
रगतको अभाव भइरहेका बेला सहिदको स्मृती दिवस रक्तदान गरि मनाइयो
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा दुध पाउडर प्याकेटदेखि न्यानो पार्ने ज्याकेटसम्म अवैध मालसमान नियन्त्रणमा
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
पदको लोभले मधेशवादी दल फुट्यो ः उपेन्द्र यादव
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी
अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा प्रिमियर बिजयी
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरुद्वारा धर्ना
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
भन्सार छलेका सामानसहित मोटरसाइकल भन्सार बुझाइयो
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी