उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 

राजविराज राजविराज
|
बुधबार, पौष १८, २०८०
|
|
७७ पटक हेरिएको
Shares
उदयपुरलाई मेयर गोल्डकप फुटबलको उपाधी 

सारांश

  •     प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनलमा बिराटनगर स्पोर्टस एकेडेमी मोरंगलाई टाईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मानिथम टिमले उपाधी हात पारेको हो ।
  •       अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको १५ औं मिनेटमा बिराटनगरका सुमन चौलागाईले डिबक्स भित्रबाट आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।
  • त्यसको ३ मिनेट नबित्दै मानिथम फुटबल क्लबका खेलाडीले गरेको प्रहार जोगाउन खोज्दा बल बिराटनगर तर्फको गोल पोष्टको जाली चुमेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    सप्तरीको खडक नगरपालिका ३ कंचिरामा सञ्चालित पाँचौ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मानिथम फुटबल क्लब उदयपुरले हात पारेको छ ।
    प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनलमा बिराटनगर स्पोर्टस एकेडेमी मोरंगलाई टाईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मानिथम टिमले उपाधी हात पारेको हो । 
    अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको १५ औं मिनेटमा बिराटनगरका सुमन चौलागाईले डिबक्स भित्रबाट आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यसको ३ मिनेट नबित्दै मानिथम फुटबल क्लबका खेलाडीले गरेको प्रहार जोगाउन खोज्दा बल बिराटनगर तर्फको गोल पोष्टको जाली चुमेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । पहिलो हाफकै ३२औं मिनेटमा बिराटनगरको डिबक्स भित्र पाएको फ्रि किकको फाईदा उठाउँदै मानिथम फुटबल टिमले सुन्दर गोल गर्दै टिमलाई दुई– एकको स्थितिमा पुर्याएको थियो । अत्यन्तै रोमाञ्चक बनेको प्रतियोगिताको दोश्रो हाफको २८ औं मिनेटमा बिराटनगरका ओम चाौधरीले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्यायो । निर्धारित समय बराबरीमा टुगिंएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । 
    उपाधीसँगै मानिथम क्लबले रु. ५१ हजार नगद तथा कप प्राप्त गरेको छ भने उपबिजेता  बिराटनगर टिमले नगद रु. ३१ हजार तथा कपमा चित बुझाएको छ । 
    प्रतियोगिता पश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा  खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख रिता कुमारी चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष देवनारायण चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 
    खडक नगरपालिकाको सहयोगमा बाईज युनियन फुटबल क्लब कंचिराद्वारा गत पुस ८ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर, मोरंग तथा सुनसरीका गरी १० टिम सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
छोरीहरूलाई ल्यापटप बाँड्ने योजना ः मुख्यमन्त्री राउत
संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै