बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 

राजविराज राजविराज
|
मंगलबार, आश्विन ७, २०७६
|
|
७१ पटक हेरिएको
Shares
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 

सारांश

  •     लामो समयदेखी जमेको फोहोर पानी निकासका लागि ब्यवस्थापन हुन नसक्दा बिष्णुपुर गाउपालिका ६ स्थित सो बस्तीका वासीन्दाहरु विभिन्न रोगको उच्च जोखिममा रहेका हुन ।
  •     ६ महिनादेखी ती क्षेत्र वरीपरीको ३ फीट पानी जमेको कारण पानी निकास हुन नसक्दा स्थानियहरु चिन्तित देखिन्छन् ।
  •     महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको पश्चिम तर्फको मिथीला बस्तीमा बनहार नदीबाट आएको पानी निकास हुन नसक्दा जमेको पानीको दुर्गन्धका कारण एक जनामा डेंगु रोगको लक्षण देखा परेको छ ।

चन्दनकुमार यादव
राजविराज, ७ असोज । 
    बिगत ६ महिनादेखी खाल्डोमा जमेको फोहोर पानीको निकासका लागी आवश्यक पहल नहुदाँ बिष्णपुर गाउपालिकाका एक बस्ती विभिन्न रोगको उच्च जोखिममा रहेको छ ।
    लामो समयदेखी जमेको फोहोर पानी निकासका लागि ब्यवस्थापन हुन नसक्दा बिष्णुपुर गाउपालिका ६ स्थित सो बस्तीका वासीन्दाहरु विभिन्न रोगको उच्च जोखिममा रहेका हुन ।
    ६ महिनादेखी ती क्षेत्र वरीपरीको ३ फीट पानी जमेको कारण पानी निकास हुन नसक्दा स्थानियहरु चिन्तित देखिन्छन् ।
    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको पश्चिम तर्फको मिथीला बस्तीमा बनहार नदीबाट आएको पानी निकास हुन नसक्दा जमेको पानीको दुर्गन्धका कारण एक जनामा डेंगु रोगको लक्षण देखा परेको छ । 
    स्थानिय मंजीत दासलाई एक्कासी ज्वरो लागेपछि उनले डेंगु लागेको हो भन्ने शंका लागेपछि उनले घरमै डेंगुको चेकजाँच गरेपछि सो रोग पत्ता लागेको छ । तत्कालै डेंगु रोगबाट बच्ने सम्बन्धी औषधी एक महिना सम्म खाएपछि ज्वरो समेत निको हुदै गएको दासले बताए ।
    त्यसैगरी स्थानीय किरण कुमारी राउत, अंजु यादब, सोनी राउत, बसन्त राउत, माधव राउत, सम्झना झा, सुशीला दास लगायतका दर्जनौ घरमा ज्वरो लाग्ने बिरामी बढ्दै गएकोे स्थानियहरुले बताएका छन् । 
    यस बस्तीको पानी निकासका लागी बारम्वार सम्बन्धी निकायलाई आग्रह गरेपनि जनप्रतिनिधीहरु स्वास्थ्यप्रति गम्भिर नभएको डेंगु संक्रमणबाट पीडित किरण कुमारी राउतले गुनासो पोखिन । 
    घरवरिपरी पानी जमेको कारण घरबाट निस्कन समेत समस्या भएको बताउँदै स्थानिय सुशीला दासले भने, “एकत फोहोर पानी त्यसमा पनि राती घरवाट निस्कन जोखिम छ ।”
    ५० घर धुरी भएको मिथीला टोलमा २ सय ५० जना भन्दा बढी स्थानीस्यहरुको बसोवास रहेको छ । स्थानिय रत्न राउतले भने, “अहिले मलाई ४ दिन देखी ज्वरो लाग्दै आएको छ, परिवारमा अन्य सदस्यहरुलाई ज्वरो लाग्ने लक्षण देखा परेको छ, मेरो छरछिमेकीमा पनि ज्वरोको प्रकोप देख्न थालेको छ ।”
    यस बारेमा बिष्णुपुर गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष बहादुर सदाले मिथीला टोल आफ्नो क्षेत्र नपरेकोले वडा २ मा परेकोले केही थाहा नभएको जानकारी दिए । यता मिथीला टोल वडा ६ मा पर्छ की २ भनेर वारम्वार दुबै वडा अध्यक्षहरुले एक अर्काको एरियामा पर्छ भनेर समस्याको समाधान नगरी बिवाद बढाएको स्थानियहरुको गुनासो छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी