बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 

राजविराज राजविराज
|
मंगलबार, आश्विन ७, २०७६
|
|
४४ पटक हेरिएको
Shares
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 

सारांश

  •     लामो समयदेखी जमेको फोहोर पानी निकासका लागि ब्यवस्थापन हुन नसक्दा बिष्णुपुर गाउपालिका ६ स्थित सो बस्तीका वासीन्दाहरु विभिन्न रोगको उच्च जोखिममा रहेका हुन ।
  •     ६ महिनादेखी ती क्षेत्र वरीपरीको ३ फीट पानी जमेको कारण पानी निकास हुन नसक्दा स्थानियहरु चिन्तित देखिन्छन् ।
  •     महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको पश्चिम तर्फको मिथीला बस्तीमा बनहार नदीबाट आएको पानी निकास हुन नसक्दा जमेको पानीको दुर्गन्धका कारण एक जनामा डेंगु रोगको लक्षण देखा परेको छ ।

चन्दनकुमार यादव
राजविराज, ७ असोज । 
    बिगत ६ महिनादेखी खाल्डोमा जमेको फोहोर पानीको निकासका लागी आवश्यक पहल नहुदाँ बिष्णपुर गाउपालिकाका एक बस्ती विभिन्न रोगको उच्च जोखिममा रहेको छ ।
    लामो समयदेखी जमेको फोहोर पानी निकासका लागि ब्यवस्थापन हुन नसक्दा बिष्णुपुर गाउपालिका ६ स्थित सो बस्तीका वासीन्दाहरु विभिन्न रोगको उच्च जोखिममा रहेका हुन ।
    ६ महिनादेखी ती क्षेत्र वरीपरीको ३ फीट पानी जमेको कारण पानी निकास हुन नसक्दा स्थानियहरु चिन्तित देखिन्छन् ।
    महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको पश्चिम तर्फको मिथीला बस्तीमा बनहार नदीबाट आएको पानी निकास हुन नसक्दा जमेको पानीको दुर्गन्धका कारण एक जनामा डेंगु रोगको लक्षण देखा परेको छ । 
    स्थानिय मंजीत दासलाई एक्कासी ज्वरो लागेपछि उनले डेंगु लागेको हो भन्ने शंका लागेपछि उनले घरमै डेंगुको चेकजाँच गरेपछि सो रोग पत्ता लागेको छ । तत्कालै डेंगु रोगबाट बच्ने सम्बन्धी औषधी एक महिना सम्म खाएपछि ज्वरो समेत निको हुदै गएको दासले बताए ।
    त्यसैगरी स्थानीय किरण कुमारी राउत, अंजु यादब, सोनी राउत, बसन्त राउत, माधव राउत, सम्झना झा, सुशीला दास लगायतका दर्जनौ घरमा ज्वरो लाग्ने बिरामी बढ्दै गएकोे स्थानियहरुले बताएका छन् । 
    यस बस्तीको पानी निकासका लागी बारम्वार सम्बन्धी निकायलाई आग्रह गरेपनि जनप्रतिनिधीहरु स्वास्थ्यप्रति गम्भिर नभएको डेंगु संक्रमणबाट पीडित किरण कुमारी राउतले गुनासो पोखिन । 
    घरवरिपरी पानी जमेको कारण घरबाट निस्कन समेत समस्या भएको बताउँदै स्थानिय सुशीला दासले भने, “एकत फोहोर पानी त्यसमा पनि राती घरवाट निस्कन जोखिम छ ।”
    ५० घर धुरी भएको मिथीला टोलमा २ सय ५० जना भन्दा बढी स्थानीस्यहरुको बसोवास रहेको छ । स्थानिय रत्न राउतले भने, “अहिले मलाई ४ दिन देखी ज्वरो लाग्दै आएको छ, परिवारमा अन्य सदस्यहरुलाई ज्वरो लाग्ने लक्षण देखा परेको छ, मेरो छरछिमेकीमा पनि ज्वरोको प्रकोप देख्न थालेको छ ।”
    यस बारेमा बिष्णुपुर गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष बहादुर सदाले मिथीला टोल आफ्नो क्षेत्र नपरेकोले वडा २ मा परेकोले केही थाहा नभएको जानकारी दिए । यता मिथीला टोल वडा ६ मा पर्छ की २ भनेर वारम्वार दुबै वडा अध्यक्षहरुले एक अर्काको एरियामा पर्छ भनेर समस्याको समाधान नगरी बिवाद बढाएको स्थानियहरुको गुनासो छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
लागुऔषध गाजासहित एक पक्राउ
लागुऔषध गाजासहित एक पक्राउ
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
२० बुंदे माँग अघि सार्दै मलाह समुदायद्वारा अनिश्चितकालिन रिले अनशनको घोषणा
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
जागिरको प्रलोभन देखाई आधा दर्जन यूवतीलाई बलात्कार र लुटपाट गर्ने पक्राउ 
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह