स्वास्थ्य संस्थालाई पिपिई किट प्रदान

राजविराज राजविराज
|
शुक्रबार, माघ २८, २०७८
|
|
३४ पटक हेरिएको
Shares
स्वास्थ्य संस्थालाई पिपिई किट प्रदान

सारांश

  •     सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा सप्तरीको राजविराजमा आयोजित स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्लाको तिलाठी कोईलाडी स्वास्थ्य चौकी, तोपा प्राथमिक स्वास्थ्य केन्द्र, लौनियाँ स्वास्थ्य चौकी र सखडा स्वास्थ्य चौकीलाई पिपिई किट प्रदान गरिएको हो ।
  •       सेभ द सप्तरीको कार्यक्षेत्रमा रहेका ४ वटै स्वास्थ्य चौकी÷बर्थिङ सेन्टरहरुलाई गर्भवती गराउन र कोभिड १९ बाट जोगिनका लागि प्रत्येक स्वास्थ्य संस्थालाई ७५÷७५ वटा गरि ३ सय पिस पिपिई किट प्रदान गरिएको सेभ द सप्तरीका स्वास्थ्य फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिएका छन् ।
  •       सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा करिब ९ लाख ७६ हजार ३ सय २० रुपैया मुल्य बराबरको पिपिई किट प्रदान गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
    सप्तरीको चार वटा स्वास्थ्य संस्थालाई शुक्रबार पिपिई किट प्रदान गरिएको छ ।  
    सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा सप्तरीको राजविराजमा आयोजित स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्लाको तिलाठी कोईलाडी स्वास्थ्य चौकी, तोपा प्राथमिक स्वास्थ्य केन्द्र, लौनियाँ स्वास्थ्य चौकी र सखडा स्वास्थ्य चौकीलाई पिपिई किट प्रदान गरिएको हो । 
    सेभ द सप्तरीको कार्यक्षेत्रमा रहेका ४ वटै स्वास्थ्य चौकी÷बर्थिङ सेन्टरहरुलाई गर्भवती गराउन र कोभिड १९ बाट जोगिनका लागि प्रत्येक स्वास्थ्य संस्थालाई ७५÷७५ वटा गरि ३ सय पिस पिपिई किट प्रदान गरिएको सेभ द सप्तरीका स्वास्थ्य फिल्ड अधिकृत बिष्णुकान्त देवले जानकारी दिएका छन् ।  
    सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा करिब ९ लाख ७६ हजार ३ सय २० रुपैया मुल्य बराबरको पिपिई किट प्रदान गरिएको जनाइएको छ ।  
    यस्तै चार वटा पालिकाको बिष्णुपुर, छिन्नमस्ता, तिलाठी कोइलाडी र राजविराज नगरपालिका वडा नं. ५ सेभ द सप्तरीको कार्यक्षेत्रमा रहेका बिद्यालयमा अध्यनरत बालबालिकाहरुको लागि बिद्यार्थीहरुको संख्याको आधारमा स्वास्थ्य सामग्री बितरण समेत गरिएको छ  ।
    जिल्लाको बिष्णुपुर गाउँपालिकालाई ३ सय १० थान साबुन, १४ हजार ५ सय ९५ पिस सर्जिकल माक्स, १४ हजार ५ सय ९५ पिस बेबी माक्स र १९ थान ५ लिटरको निर्मलिकरण झोल बितरण गरिएको छ ।
    सो कार्यक्रममा तिलाठी कोइलाडी स्वास्थ्य चौकीका इन्चार्ज रामअवतार साह, सेभ द सप्तरीका कार्यक्रम संयोजक संतोष यादव, फिल्ड अधिकृत बिदया मंडल, बिष्णुकान्त देव लगायत सेभ द सप्तरीका कार्मचारीहरुको उपस्थित रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
पुसी पुर्णिमाको अवसरमा सप्तकोशीमा घुँइचो
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने