सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल

राजविराज राजविराज
|
मंगलबार, आश्विन १६, २०८०
|
|
० पटक हेरिएको
Shares
सुशासन तथा पारदर्शिताका लागि  समाजवादी अभियान ः पूर्वप्रम नेपाल

सारांश

  • दैनिक समाचारदाता राजविराज, १६ असोज ।
  •       नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गस्मुलुकमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना रहेको भन्दै मुलुकमा विद्यमान साधन स्रोतको अधिकतम उपयोग गर्दै अघि बढ्न र सुशासन तथा पारदर्शिताका लागि पनि  समाजवादी अभियान अपरिहार्य रहेको बताएका छन् ।
  •       समाजवादी प्रेस संगठन सप्तरीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताउँदै सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकार केन्द्रीत हुनुपर्ने जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गस्मुलुकमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना रहेको भन्दै मुलुकमा विद्यमान साधन स्रोतको अधिकतम उपयोग गर्दै अघि बढ्न र सुशासन तथा पारदर्शिताका लागि पनि  समाजवादी अभियान अपरिहार्य रहेको बताएका छन् । 
    समाजवादी प्रेस संगठन सप्तरीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताउँदै सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकार केन्द्रीत हुनुपर्ने जिकिर गरे । 
    उनले भने, “समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँदा यसमा लोकतान्त्रिक मिडियाको सहयोग पु¥याउनु पर्छ ।”
    उनले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने धारण राख्दै जनतालाई सरल र सहज ढंगले ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह पनि गरे ।  
    सरकारले जनताका पक्षमा काम गरोस् भन्ने खबरदारीकालागि पार्टीले मेची महाकाली समाजवादी जागरण अभियान सुरु गरेको उनको भनाई छ । 
    जनतालाई विकास तथा सुशासनको प्रत्याभूति दिनकालागि राजनीतिक स्थायित्व आवश्यक रहने बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले राजनीतिक स्थायित्वकालागि पनि समाजवादी अभियान जरुरी रहेको जिकिर गरे । 
    २०७४ मा कम्यूनिष्टको बहुमतको सरकार बनेर पनि संबिधानलाई कुल्चने काम भएका कारण मुलुकमा अहिलेसम्म स्थायित्व आउन नसकेको भन्दै उनले स्थायित्व दिनकालागि नै आफूहरु समाजवादी अभियानमा अघि बढ्नु परेको स्पष्ट पारे । 
    उनले भने, “एमाले पार्टी नेतृत्वमा बढ्दो अहंकार संगै हामीलाई भित्तामा पु¥याउने काम गरेकोले अस्तित्व रक्षाकालागि पनि हामी समाजवादी अभियानमा गोलबन्द भएका हौं ।” नेता नेपालले संबिधानको रक्षाकालागि पनि गठबन्धनको सरकार बनाउनु परेको भन्दै वर्तमानमा गठबन्धनको विकल्प नरहेको जिकिर समेत गरे । 
    क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्नु नै आफ्नो पार्टीको मूल धेय रहेको भन्दै उनले तानाशाही र संबिधान विरोधी कदम चालेर पार्टीलाई दक्षिणपन्थी कित्तामा पु¥याउन नेकपा (एमाले) को नेतृत्व वर्ग लागेका कारण नै त्यहाँबाट विद्रोह गर्नु परेको बताए ।  
    समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, पार्टीका उपाध्यक्ष धर्मनाथ साह, जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो ।  
    यस्तै मंगलबारै पार्टीले जिल्लाको छिन्नमस्ता गाउँपालिकामा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । आयोजित कार्यक्रममा पाँच सय भन्दा बढी अन्य पार्टी परिचmस्त्याग गरि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अबिर माला लगाएर स्वागत गरेका थिए । 
    गाउँ कमिटिका अध्यक्ष सत्यदेव मंडलको अध्यक्षतमा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष धर्मनाथ साह, मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, जिल्ला सदस्य जयप्रकाश यादवले समाजवादी जागरण अभियानको उद्देश्य बारे जानकारी दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित
६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
कलशयात्रा र जमरा स्थापित गर्दै दशैंको सुरुवात
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
खेलकुदमा योगदान दिएका तीन कानुन व्यवसायी सम्मानित
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
बिपन्न, आर्थिक कमजोरलाई निशुल्क कानुनी सहायता
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी
शुद्धिकरणमा परेकाहरुद्वारा  पत्रकार महासंघमा तालाबन्दी
प्रशासन, प्रहरी प्रमुख लगायत  चिकित्सकले कैदीबन्दीसँग मनाए होली
प्रशासन, प्रहरी प्रमुख लगायत  चिकित्सकले कैदीबन्दीसँग मनाए होली