दैनिक समाचारदाता
राजविराज, २७ भदौं ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले समुदायलाई सबल र समृद्व बनाउन बालवालिकाहरूको प्रारम्भिक कक्षामा लगानी लगाउनुपर्नेमा जोड दिएका छन ।
शुक्रवार राजबिराजमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख यादबले कक्षा १ देखि ३ सम्मका प्रारम्भिक कक्षामा अभिभावक र शिक्षकले शिक्षण सिकाई प्रक्रियामा एकजुट भएर अगाडी बढेमा बालबालिकाहरु भविष्यमा सफल र सवल ब्यक्ती बन्ने बिश्वास ब्यक्त गरे ।
घरमा हरेक दिन कम्तिमा १० मिनेट भएपनि अभिभावकले बालबालिकालाई पढाउन आग्रह गर्दैै छोराछोरीप्रति सम्मान व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।
सोही अवसरमा सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरीले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु भएपछि सप्तरीमा ६७ प्रतिशत उपलब्धी प्रारम्भिक कक्षाको पढाई शिक्षण माध्यममा सुधार भएको दाबी गरे ।
यसैगरी कन्छुनर प्रताप मावि नकटीरायपुरका प्रअ परशुराम चौधरीले शिक्षक, अभिभावक र सरोकारवाला निकायले बिद्यालयमा नियमित अनुगमन, मुल्याकंन गरे मात्र प्रारम्भिक कक्षा पढाईको सुधारसँगै परिवार र समुदायको सहभागितामा बृद्वि हुने बताए ।
यसैगरी एनईजिआरपी सप्तरी संयोजक प्रमोद महतले सबै स्थानिय तहमा राष्ट्रिय प्रारम्भिक कक्षा पठाई कार्यक्रमले नेपाली भाषाको सिकाईमा ७० प्रतिशत उपलब्धी भएको बताउदै शिक्षण सिकाई सामग्रीले बिद्याथीलाई ठूलो आकर्षण बढाएको बताए ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको सहयोगमा संचालित राष्ट्रिय प्रारम्भिक कक्षा पठाई कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय नेतृत्व बिकास तथा पैरबी कार्यक्रममा डाक्नेश्वरी नगर प्रमुख शिबनारायण साह, छिन्मस्ता गापा अध्यक्ष सुर्य नारायण मण्डल, बिष्णुपुर गाउपालिका अध्यक्ष लिलाम्वर यादब, एनआईजिआरपीका क्षेत्रिय संयोजक संजय गुप्ता, रूपनी गाउपालिका उपाध्यक्ष बेचनी सरदार, तिलाठी कोईलाडी गापा उपाध्यक्ष सुरिता यादब, शिक्षा बिकास तथा समन्वय ईकाई निमित्त प्रमुख भवानी कटेल, विभिन्न स्थानिय निकायका प्रशासकिय प्रमुख, शिक्षा संयोजक, बिद्यालय ब्यबस्थापन समिति, प्रअलगायत शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
बालवालिकामा लगानी गर्नुपर्नेमा जोड
सारांश
- शुक्रवार राजबिराजमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख यादबले कक्षा १ देखि ३ सम्मका प्रारम्भिक कक्षामा अभिभावक र शिक्षकले शिक्षण सिकाई प्रक्रियामा एकजुट भएर अगाडी बढेमा बालबालिकाहरु भविष्यमा सफल र सवल ब्यक्ती बन्ने बिश्वास ब्यक्त गरे ।
- घरमा हरेक दिन कम्तिमा १० मिनेट भएपनि अभिभावकले बालबालिकालाई पढाउन आग्रह गर्दैै छोराछोरीप्रति सम्मान व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।
- सोही अवसरमा सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरीले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु भएपछि सप्तरीमा ६७ प्रतिशत उपलब्धी प्रारम्भिक कक्षाको पढाई शिक्षण माध्यममा सुधार भएको दाबी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया