दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
सप्तरीमा बुधबार एक पत्रकारसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
४० वर्षिय पत्रकार महासंघ सप्तरीका पदाधिकारी समेत हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक पुष्टि भएकाहरु राजविराज नगरपालिका १ र २ का ३÷३ पुरुष, वडा नं. ४ का १ पुरुष एक महिला, वडा नं. ६ का ३ महिला र ४ पुरुष तथा वडा नं. ७ का एक पुरुष रहेका छन् ।
यस्तै रुपनी गाउँपालिका वडा नं. ६ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको छ ।
संक्रमित सबैलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन कक्षमा राखिएको र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान र स्वाब संकलन कार्य अघि बढेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित
सारांश
- जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
- ४० वर्षिय पत्रकार महासंघ सप्तरीका पदाधिकारी समेत हुन् ।
- जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक पुष्टि भएकाहरु राजविराज नगरपालिका १ र २ का ३÷३ पुरुष, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया