खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, मंसिर १८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु

सारांश

  •     घर देखी करिब एक किलो मिटर टाढा रहेको खेतमा काटिएको धान रुग्न गएका बेला रातमा जंगली हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  •       हात्तीको आक्रमणबाट घट्नास्थल मै मृत्यु भएका खङ्गको शव पोष्टमार्टमका लागी राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पताल ल्याइएको छ ।
  •       यता कोशी टप्पु बन्यजन्त आरक्षबाट निस्कने जंगली हात्तीको आक्रमणबाट वर्षेणी २÷३ जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 

    सप्तरीमा बुधवार मध्यरात कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ५ निवासी ६५ वर्षिय नारायण खङ्ग छन् । 
    घर देखी करिब एक किलो मिटर टाढा रहेको खेतमा काटिएको धान रुग्न गएका बेला रातमा जंगली हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    हात्तीको आक्रमणबाट घट्नास्थल मै मृत्यु भएका खङ्गको शव पोष्टमार्टमका लागी राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पताल ल्याइएको छ । 
    यता कोशी टप्पु बन्यजन्त आरक्षबाट निस्कने जंगली हात्तीको आक्रमणबाट वर्षेणी २÷३ जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन । मृत्यु भएका सबैलाई हात्तीले कुल्चेर मारेको स्थानीयको भनाइ छ ।
    हात्तीको आक्रमणबाट ८ वर्षको अवधीमा कंचनरुप नगरपालिका ५ की ४५ वर्षिया दुर्गी देवी यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका ५५ वर्षिय रघुनाथ खङ्ग, ७० वर्षिय अलाउद्धिन खान, ६६ वर्षिय नारायण प्रमाणी, सप्तकोशी नगरपालिका १० की १३ वर्षिया संगिता कुमारी यादव, ६१ वर्षिय बिन्देश्वर चौधरी तथा सुरुङ्गा नगरपालिका ३ का ७० वर्षिय सीताराम लगायत गरी एक दर्जन बढीले ज्यान गुमाई सकेका छन ।
    हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका वासिन्दाले पटक÷पटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापन पत्र बुझाए पनी ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ । 
    २०६९ साल मै आरक्षको सीमालाई सोलार फेजिट गर्ने र सुरक्षाका लागी पूर्ण रुपमा घेरवार गर्ने आरक्ष प्रशासक, सुरक्षा निकाय तथा राजनीतिक दलका प्रतिनीधीहरुको उपस्थितीमा निर्णय गरिएको थियो । तर सो निर्णय हाल सम्म कार्यान्वयन नभएको हात्ती पीडितहरुको गुनासो छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार
महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
एसइई परिक्षा मर्यादित र शान्तिपूर्ण  सम्पन्न गराउने केन्द्राध्यक्षद्वारा प्रतिबद्धता 
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
तालिममा प्राप्त ज्ञान, छिमेकीलाई जोगाउन लाग्यो काम 
तालिममा प्राप्त ज्ञान, छिमेकीलाई जोगाउन लाग्यो काम 
हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
औधोगीक क्षेत्रको विकास तथा  उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
विद्यापति स्मृति पर्वमा विविध कार्यक्रमको आयोजना
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?