राजविराज नगर हाक्दै महिला उपमेयर परवीन

राजविराज राजविराज
|
आइतबार, श्रावण ८, २०७९
|
|
८७ पटक हेरिएको
Shares
राजविराज नगर हाक्दै महिला उपमेयर परवीन

सारांश

  •     दुई महिना अघि उपमेयरमा निर्वाचित भएकी उनी यति बेला मेयरको पनि जिम्मेवारी उनले नै सम्हाल्न पुगेपछी कार्य गर्न भ्याई नभ्याई भएको छ ।
  •       दैनिकी कामकाजमा प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र यादवसहित सबै कर्मचारीले पनि कार्यसम्पादनमा सहयोग गरिरहेको उनले बताइन् ।
  • यता निलम्बित मेयर यादव बाहिर वसेर पनि हौसला, साथ र सहयोग दिन थालेपछि काम गर्न सहज भएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ८ साउन । 

    राजविराज नगरपालिकाका मेयर निलम्बनमा परेपछि अहिले नगरपालिका हाक्ने जिम्मा उपमेयर इसरत परवीनले पाएकी छिन् । 
    दुई महिना अघि उपमेयरमा निर्वाचित भएकी उनी यति बेला मेयरको पनि जिम्मेवारी उनले नै सम्हाल्न पुगेपछी कार्य गर्न भ्याई नभ्याई भएको छ । 
    दैनिकी कामकाजमा प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र यादवसहित सबै कर्मचारीले पनि कार्यसम्पादनमा सहयोग गरिरहेको उनले बताइन् । यता निलम्बित मेयर यादव बाहिर वसेर पनि हौसला, साथ र सहयोग दिन थालेपछि काम गर्न सहज भएको उनको भनाई छ ।
    उनले नगरपालिकाद्वारा संचालित विकास निर्माण कार्यमा आपृmु प्राविधीक सहितको टोली लिएर अनुगमन गर्ने गरेको र मापदण्ड अनुसारको काम भएकालाई मात्र भुक्तानी दिने गरिएको बताउँदै भविष्यमा हुने यस्ता काममा सम्बन्धित निर्माण कम्पनी र उपभोक्तालाई गुणस्तरीयताको ख्याल राख्न सचेत पनि गराउँदै आएकी बताउँछन् । 
    यस्तै उनको मुख्य जिम्मेवारी न्यायिक समितीको पनि हो । ती जिम्मेवारी पनि कुशलतापुर्वक उनी निर्वाह गर्न थालेकी उपमेयर परवीनले स्थानीयतहको सेवा संचालन ऐन तथा व्यवस्था सम्बन्धी आदेशको पुरै अध्ययन गरिसकेको बताउछिन् । 
    उनले संविधानले दिएको अधिकार क्षेत्र भित्रै रहेर न्यायिक समितीमा आउने मुद्दालाई टुग्याउँने गरेको बताईन । उनले अधिकाँश मुद्दामा मिलापत्र गराइएको, कतिपयमा कडा निर्देशन दिएको र क्षेत्राधिकार बाहिर रहेका केही मुद्दा अदालतमा पठाइएको जानकारी दिइन । 
    उनका श्रीमान् समिम कानून व्यवसायी हुन । उनले पनि यस्ता विवाद निरुपण र न्याय सम्पादन कार्यमा निकै मद्दत गर्ने गरेको उपमेयर परबीन सुनाउँछिन । 
    २०७४ सालमा राजविराज ७ स्थित राजरंगशालाको स्तरोन्नती कार्य गर्दा निर्माण कम्पनी न्यू गहिल कन्ट्रक्शनले गरेको काम भन्दा २ लाख ६३ हजार बढी भुक्तानी लिएको भन्दै अख्तियार दुरुपयोग अनुुसनधान आयोगले उक्त कम्पनीका तत्कालिन संचालक समेत रहेका राजविराज नगरपालिकाका नव निर्वाचित मेयर भीमराज यादव विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछी हाल उनी निलम्बीत अवस्थामा छन् । 
    यद्दपी मेयर यादवले यस्तो कुनै अनियमितता नगरेको र ५ वर्ष अघि सम्पन्न निर्माण कार्यको विषय ब्युँत्याएर आफुलाई फसाउन खोजिएको दाबी गर्दै अदालतबाट आफु न्याय पाउने विश्वास ब्यक्त गर्दै आएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन्
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
किर्तिमानी खेलाडी अजितसहित उत्कृष्ट छात्रछात्रा पुरस्कृत
किर्तिमानी खेलाडी अजितसहित उत्कृष्ट छात्रछात्रा पुरस्कृत
विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून
विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
कैदी जिवन बिताइरहेका एक व्यक्तिको बन्यो सवारी चालक अनुमतिपत्र 
कैदी जिवन बिताइरहेका एक व्यक्तिको बन्यो सवारी चालक अनुमतिपत्र 
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न