वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म

राजविराज राजविराज
|
बुधबार, माघ १०, २०८०
|
|
१६ पटक हेरिएको
Shares
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म

सारांश

  •     दोश्रो चरणको आन्दोलनमा बिटौरी जग्गा बाहकहरु सम्मिलित जुलुस र नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको वडा सदस्य संघर्ष समितिका संयोजक रामानन्द देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
  •       पहिलो चरणको आन्दोलन समाप्त भए लगत्तै वडा सदस्यहरुको बुधबारै बसेको बैठकले दोश्रो चरणको आन्दोलन अन्तरगत माघ १४ गते आइतबार जुलुस प्रदर्शन तथा सोमबारदेखी सात दिनसम्म नगरपालिका कार्यालयको परिसरमा दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको जनाइएको छ ।
  •       साथै सोही विज्ञप्तिमा उक्त समय अवधीमा समेत माँग सम्बोधन नगरिएपछि थप संघर्र्षको कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइएको छ ।

दैनिक समाचारदाता
राजविराज १० माघ । 

    बिटौरी जग्गा वाहकलाई लालपूर्जा र फुकुवा प्रक्रिया अविलम्ब सुरु गर्नु पर्ने विभिन्न सात बुँदे मागसहित विगत सात दिनदेखी आन्दोलनरत राजविराज नगरपालिकाका वडा सदस्यहरुले दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 
    दोश्रो चरणको आन्दोलनमा बिटौरी जग्गा बाहकहरु सम्मिलित जुलुस र नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको वडा सदस्य संघर्ष समितिका संयोजक रामानन्द देवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । 
    पहिलो चरणको आन्दोलन समाप्त भए लगत्तै वडा सदस्यहरुको बुधबारै बसेको बैठकले दोश्रो चरणको आन्दोलन अन्तरगत माघ १४ गते आइतबार जुलुस प्रदर्शन तथा सोमबारदेखी सात दिनसम्म नगरपालिका कार्यालयको परिसरमा दुई घण्टा धर्ना दिने कार्यक्रम तय भएको जनाइएको छ । 
    साथै सोही विज्ञप्तिमा उक्त समय अवधीमा समेत माँग सम्बोधन नगरिएपछि थप संघर्र्षको कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइएको छ । 
    यसअघि पहिलो चरणको आन्दोलनको अन्तिम दिन बुधबार आन्दोलनरत वडा सदस्यहरुप्रति मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहसहित नागरिक अगुवा र विभिन्न राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका छन् । 
    ऐक्यवद्धता जनाउँदै वडा सदस्हरुले उठाएका जनहित र आफ्नो अधिकारका ७ बुँदे माग पुरा गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग माग पनि गरे । 
    बिटौरी जग्गा बाहकहरुको समस्या समाधानका साथै नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त बनाउनु पर्ने, नगरबाट पारित योजनाहरु अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने, नगर क्षेत्रमा सिसी क्यामरा जडान गर्नु पर्ने, छाडा पशुचौपाया नियन्त्रण गर्नु पर्ने, सुरक्षा तथा नगरका अन्य समस्या व्यवस्थापनका लागी नगर प्रहरी भर्ना गर्नु पर्ने लगायतका ७ बुंदे माँग राखी चरणबद्ध आन्दोलन थालिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
मुर्ती बिनाको मन्दिर जीर्ण बन्दै 
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
एक पटक मात्र जनता सेवा गर्ने अवसर दिनुस् ः डा सीके राउत
एक पटक मात्र जनता सेवा गर्ने अवसर दिनुस् ः डा सीके राउत