दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित डोम बस्तिका बृद्धबृद्धा र अनाथ बालबालिकालाई सामाजिक संस्था धर्मी हल्फा महिला विकास क्लबले कम्बल लगायत न्यानो कपडा बितरण गरेको छ ।
छिन्नमस्ता गाउँपालिका वडा नं. ३ र ४ का अनाथ बालबालिका र बृद्धबृद्धाहरुलाई चिसोबाट जोगिन सामाजिक क्षेत्रमा क्रियशिल क्लबले हेल्प नेपाल नामक संस्थाको सहयोगमा १७ डोम समुदायका बृद्धबृद्धा, बालबालिका र १९ अनाथ बालबालिका गरि ३६ जनालाई कम्बल र न्यानो लुगा बितरण गरेको हो ।
न्यानो लुगा र कम्बल पाउने अधिकांश बालबालिका लगाउने लुगा समेत नभएर चिसोमा पनि कष्ठकर जिवन बिताउन बाध्य थिए । ती बस्तिमै पुगेर डोम समुदाय तथा अनाथ बालबालिकालाई राहत स्वरुप न्यानो लुगा र कम्बल बितरण गरिएको क्लबका अध्यक्ष ईं सूर्यनारायण यादवले बताए ।
विगत एक महिनादेखी आगलागि, बाढी, हुरी लगायतका विपतबाट पीडित भएकाहरुको बस्तिमै पुगि राहत सहयोग प्रदान गर्दै आएको सो संस्थाले आउँदो दिनमा समेत थप गरिब, असाहय, अनाथ बालबालिकाको पहिचान गरि सहयोग गर्ने क्लबका अध्यक्ष यादवले प्रतिबद्धता जनाए ।
डोम र अनाथ बालबालिकालाई न्यानो कपडा
सारांश
- छिन्नमस्ता गाउँपालिका वडा नं.
- ३ र ४ का अनाथ बालबालिका र बृद्धबृद्धाहरुलाई चिसोबाट जोगिन सामाजिक क्षेत्रमा क्रियशिल क्लबले हेल्प नेपाल नामक संस्थाको सहयोगमा १७ डोम समुदायका बृद्धबृद्धा, बालबालिका र १९ अनाथ बालबालिका गरि ३६ जनालाई कम्बल र न्यानो लुगा बितरण गरेको हो ।
- न्यानो लुगा र कम्बल पाउने अधिकांश बालबालिका लगाउने लुगा समेत नभएर चिसोमा पनि कष्ठकर जिवन बिताउन बाध्य थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया