आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन

राजविराज राजविराज
|
शनिबार, पौष १०, २०७८
|
|
४३ पटक हेरिएको
Shares
आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन

सारांश

  •     बैदेशिक रोजगारको सिलसिलामा जानेहरूलाई ठगिबाट बचाउन, समस्यामा परेका परिवारहरूलाई न्यायमा पहुँच बढाउन सहयोग गर्नका लागी कार्यालयको उद्घाटन गरिएको हो ।
  •       राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना र आप्रवासी श्रोत केन्द्रले गरेको कार्यको प्रशंसा समेत गरिन ।
  •       सो अवसरमा सामी परियोजना अधिकृत रामप्रमेश मण्डलले बैदेशिक रोजगारमा जानेले सीप सँगै सुचनाको पहुँच बढाउन तथा ठगीवाट जोगिनका लागि श्रोत केन्द्रले ठूलो भुमिका खेल्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ९ पुस ।
    आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीको शुक्रबार राजबिराजमा कार्यालय उदघाटन गरिएको छ । 
    बैदेशिक रोजगारको सिलसिलामा जानेहरूलाई ठगिबाट बचाउन, समस्यामा परेका परिवारहरूलाई न्यायमा पहुँच बढाउन सहयोग गर्नका लागी कार्यालयको उद्घाटन गरिएको हो । 
    राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना र आप्रवासी श्रोत केन्द्रले गरेको कार्यको प्रशंसा समेत गरिन । 
    सो अवसरमा सामी परियोजना अधिकृत रामप्रमेश मण्डलले बैदेशिक रोजगारमा जानेले सीप सँगै सुचनाको पहुँच बढाउन तथा ठगीवाट जोगिनका लागि श्रोत केन्द्रले ठूलो भुमिका खेल्ने बताए । 
    प्रदेश २ सामी हेल्भेटास नेपालका संयोजक बिजय ठाकुरले बैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायक बनाउन सुसुचित गरि, सीप तथा ठगीमा परेकालाई उचित न्याय दिलाउन आबश्यक रहेको बताए । 
    जिल्ला प्रशासन कार्यालय राजबिराजस्थित रहेको आप्रवासी श्रोत केन्द्रले बैदेशिक रोजगारमा जानेलाई सुरक्षित भएर जाने, जाने भए सीप सिकेर जान, ठगीमा पर्नेलाई न्याय दिलाउन, घरपरिवारलाई मनोपरामर्श बितिय साक्षरता कक्षा माध्यमवाट राजबिराज नगरपालिका, कंचनरूप नगरपालिका, शंभुनाथ नगरपालिका, राजगढ गाउपालिकामा कार्यक्रम गर्दै आएको श्रोत केन्द्रका संयोजक राजेन्द्र यादबले बताए । 
    आप्रवासी कामदार हकहित संरक्षण केन्द्र राजबिराजका अध्यक्ष जितेन्द्र सिन्हाको अध्यक्षतामा आयोजित कार्यक्रममा सामी हेल्भेटास नेपालका प्रदेश संयोजक बिजय ठाकुर, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष अम्बिका दहाल, सामी परियोजनाका कार्यक्रम अधिकृत राम प्रमेश मण्डल, रिटर्नी राधा नेपाल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
हव महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरी बिजयी
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम 
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग