सुख्खा खाना राख्ने सामाग्रि बितरण

राजविराज राजविराज
|
आइतबार, बैशाख २९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
सुख्खा खाना राख्ने सामाग्रि बितरण

सारांश

  •     गाउँपालिकाद्वारा आयोजित कार्यक्रम तथा सेक्रामेन्टो नेपलिज लायन्स क्लब डिस्ट्रिक्टस् क्यालिफोरनिया, एनआरएन, भोलेन्टियर्स कप्र्स नेपाल, एनएफसिड्स र सम्बोधन समाजको सहयोगमा सो सामाग्रि बितरण गरिएको हो ।
  •       आयोजित कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीका जनताले हरेक वर्ष विपद्बाट निकै क्षति व्यहोर्नु परेको भन्दै विपद् व्यवस्थापनमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
  •       मन्त्री साहले तिलाठी कोइलाडी गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आइतबार एक कार्यक्रमबीच विपद्को समयमा मानविय सेवा अन्तरगत पूर्व तयारीका लागि सुख्खा खाना राख्ने सामाग्रि (बोरा) बितरण गरिएको छ । 
    गाउँपालिकाद्वारा आयोजित कार्यक्रम तथा सेक्रामेन्टो नेपलिज लायन्स क्लब डिस्ट्रिक्टस् क्यालिफोरनिया, एनआरएन, भोलेन्टियर्स कप्र्स नेपाल, एनएफसिड्स र सम्बोधन समाजको सहयोगमा सो सामाग्रि बितरण गरिएको हो ।  
    आयोजित कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीका जनताले हरेक वर्ष विपद्बाट निकै क्षति व्यहोर्नु परेको भन्दै विपद् व्यवस्थापनमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 
    मन्त्री साहले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ र ५ का १ हजार ५ सय जनालाई सो सुख्खा खाना राख्ने सामाग्रि वितरण गरे । बाढी आएको बेला सो बोरामा जुनसुकै खाने सामाग्रि राखे पनि पानीले नष्ट नहुने गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए । 
    गाउँपालिका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, विभिन्न आयोजक संस्थाका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
आगलागिमा नगदसहित लाखौं मुल्य बराबरको धनमाल जलेर नष्ट
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने 
विद्यार्थी माथि यौन दुव्र्यवहार गरेका आरोपमा शिक्षक पक्राउ
विद्यार्थी माथि यौन दुव्र्यवहार गरेका आरोपमा शिक्षक पक्राउ
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
निर्वाचन तथा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सुरु ग¥र्यो विशेष सुरक्षा योजना
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
बाढीमा फसेकाहरुको उद्दार
बाढीमा फसेकाहरुको उद्दार
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु