विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, कार्तिक १६, २०८३
|
|
२५ पटक हेरिएको
Shares
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास

सारांश

  • जिल्लाको हनुमाननगरमा सञ्चालित विपद् स्वयंसेवक परिचालनसम्बन्धी सातदिने आधारभूत तालिमका सहभागीहरूले आइतबार तिलाठी कोइलाडी गाउँपालिका–५ टिकुलियास्थित कोशी नदी किनारमा विभिन्न विपद् प्रतिकार्य अभ्यास गरेका हुन् ।
  • कात्तिक १२ गतेदेखि सुरु भएको तालिम अन्तर्गत सहभागीहरुले पानीमा डुबेका व्यक्तिको उद्धार, प्राथमिक उपचार तथा आगलागी नियन्त्रणको अभ्यास गरेको परियोजना संयोजक लक्ष्मण खत्रीले जानकारी दिए ।
  • उनले यस्तो अभ्यासले विपद्का समयमा स्वयंसेवकलाई प्रभावकारी रुपमा परिचालन हुन आवश्यक सीप र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरूले विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास गरेका छन् ।
जिल्लाको हनुमाननगरमा सञ्चालित विपद् स्वयंसेवक परिचालनसम्बन्धी सातदिने आधारभूत तालिमका सहभागीहरूले आइतबार तिलाठी कोइलाडी गाउँपालिका–५ टिकुलियास्थित कोशी नदी किनारमा विभिन्न विपद् प्रतिकार्य अभ्यास गरेका हुन् ।
कात्तिक १२ गतेदेखि सुरु भएको तालिम अन्तर्गत सहभागीहरुले पानीमा डुबेका व्यक्तिको उद्धार, प्राथमिक उपचार तथा आगलागी नियन्त्रणको अभ्यास गरेको परियोजना संयोजक लक्ष्मण खत्रीले जानकारी दिए ।
उनले यस्तो अभ्यासले विपद्का समयमा स्वयंसेवकलाई प्रभावकारी रुपमा परिचालन हुन आवश्यक सीप र आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग, प्रस्पर ग्लोबलसँगको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत तालिम सञ्चालन गरिएको हो ।
अभ्यासका क्रममा बाढी, पहिरो तथा डुबानमा खोज तथा उद्धार गर्ने तरिका, आगलागी प्रतिकार्य, व्यक्तिगत सुरक्षा र डोरीको प्रयोगलगायत विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको जनचेतना अभियान नेपालले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
विषादीको कारोबारलाई सुरक्षित बनाउन परिक्षा विधिको प्रयोग 
एकै दिनमा दुई जनाले गरे आत्महत्या
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
नागरिक्ता नभएकाहरुलाई पनि मतदानमा  भाग लिने व्यवस्था मिलाउन नेसपाको माग 
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
नगर प्रहरी भर्ना गर्न खोज्दा धम्की  आयो ः कावा नगरप्रमुख परविन
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु