डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु

राजविराज राजविराज
|
सोमबार, पौष १३, २०७७
|
|
४० पटक हेरिएको
Shares
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु

सारांश

  •     राजरंगशालामा एक कार्यक्रमबीच राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ तथा नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बलिङगरि उद्घाटन गरेका हुन् ।
  •       क्रिकेट विकास प्रतिष्ठान राजविराजद्वारा दोश्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्रिकेट विकास प्रतिष्ठानले शिब्स इन्टरनेशनल बोर्डिङ स्कुल राजविराजलाई ६३ रनले पराजित गरेको छ ।
  •     टस जितेर ब्याटिङ रोजेको प्रतिष्ठानले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
    डबल राउण्ड रोबिन टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखी राजविराजमा सुरु भएको छ । 
    राजरंगशालामा एक कार्यक्रमबीच राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ तथा नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बलिङगरि उद्घाटन गरेका हुन् । 
    क्रिकेट विकास प्रतिष्ठान राजविराजद्वारा दोश्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्रिकेट विकास प्रतिष्ठानले शिब्स इन्टरनेशनल बोर्डिङ स्कुल राजविराजलाई ६३ रनले पराजित गरेको छ ।
    टस जितेर ब्याटिङ रोजेको प्रतिष्ठानले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो । 
    १ सय ४६ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङ गरेको शिब्सले १४ ओभरमै सबै विकेट गुमाई ८२ रन मात्र जोड्न सक्यो । उक्त खेलको म्यान अफ द म्याच बिजयी टिमका रबिन्द्र यादव घोषित भए । 
    यसअघि प्रतिष्ठानका अध्यक्ष ईं इन्द्रनारायण देवको अध्यक्षताम आयोजित उद्घाटन समारोहमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रेस स्वतन्त्रा सेनानी बैजनाथ झा, क्रिकेट संघका सचिव चन्दन यादव, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज माझी, समाजसेवी मिरा देव लगायतले प्रतियोगिता सफलताको शुभकामना दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति
तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 
प्रहरी टोलीमाथी तस्करको समूहद्वारा आक्रमण 
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान