दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
८१ पटक हेरिएको
Shares
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार

सारांश

  •     जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित बाबा धर्मराज इटा उद्योग (बिडिआर) बाट २३ जनाको उद्दार गरेको हो ।
  •     भारतको आसाम राज्यबाट आएका कामदारहरुको श्रमशोषण भएको, बालश्रमिकलाई काममा लगाइएको, उचित ज्याला नदिएको, बास स्थानको उचित व्यवस्था नगरिएको लगायतका विषयमा उजुरी प्राप्त भएपछि राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयबाट पुगेको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वय र सहयोगमा २३ जना कामदारको बिहीबार साँझ उद्दार गरेको प्रहरीले जनाएको छ ।
  •       उद्दार गरिएकाहरुमा १२ महिला, ७ पुरुष, २ काँखे बालक तथा २ जना क्रमशः १४ र १७ बर्षका नावालक रहेको आयोगका मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 

    राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीको संयुक्त टोलीले सप्तरीस्थित एक इटा उद्योगबाट दुई बाल श्रमिकसहित २३ जनाको उद्दार गरेको छ ।
    जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित बाबा धर्मराज इटा उद्योग (बिडिआर) बाट २३ जनाको उद्दार गरेको हो ।
    भारतको आसाम राज्यबाट आएका कामदारहरुको श्रमशोषण भएको, बालश्रमिकलाई काममा लगाइएको, उचित ज्याला नदिएको, बास स्थानको उचित व्यवस्था नगरिएको लगायतका विषयमा उजुरी प्राप्त भएपछि राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयबाट पुगेको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वय र सहयोगमा २३ जना कामदारको बिहीबार साँझ उद्दार गरेको प्रहरीले जनाएको छ । 
    उद्दार गरिएकाहरुमा १२ महिला, ७ पुरुष, २ काँखे बालक तथा २ जना क्रमशः १४ र १७ बर्षका नावालक रहेको आयोगका मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनीले जानकारी दिए । टोलीमा आयोगका मधेश प्रदेश प्रमुख सहनीका साथै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोद कुमार साह सहभागी थिए ।
    उद्दार गरिएका सबै कामदारलाई अहिले जनकपुरमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पश्चात उनीहरुलाई आफन्तको जिम्मा लगाईने आयोगले जनाएको छ । इटा उद्योगका सञ्चालक राजु साह रहेको खुलेको र उनलाई कानुनी दायरामा ल्याइने आयोगले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?