दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
शहिद दिवसको अवसर पारेर स्व. प्रभु नारायण यादवको शालिकमा आइतबार माल्यापर्ण गरिएको छ ।
स्थानीय निकाय कर्मचारी सहिद प्रभु नारायण यादव स्मृति ट्रस्टद्वारा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितीको परिसरमा रहेको यादवको शालिकमा माल्यार्पण गरी शहिद दिवस मनाइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमृुख प्रभावकर यादव, राजविराज नगरपालिकाका प्रमुख, शम्भु प्रसाद यादव, अधिकारीक निजामती ट्र्ेड युनियनका अध्यक्ष अजय कुमार झा, कर्मचारी युनियनका अध्यक्ष सुर्यकान्त झा, जसपाका केदार यादव, लोसपाका दिनेश यादव, विनोद यादव, स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशका सचिव गंगाराम साह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, ट्रस्टका अध्यक्ष अवधेश झा लगायत सयौंको संख्यामा उपस्थित कर्मचारी, संचारकर्मी तथा सर्वसाधारणले माल्यार्पण गरेका थिए । सो अवसरमा सहभागीहरुले स्व.यादवको योगदानबारे चर्चा गर्दै श्रदाञ्जली अपर्ण गरेका थिए ।
तत्कालिन जिल्ला विकास समितीका नायब सुब्बा रहेका यादवलाई २०६४ कार्तिक १२ गते साँझ पख कार्यालयको काम सकेर तिलाठी कोईलाडी गाउँपालिका ८ बभनगामाकट्टी स्थित घर जाने क्रममा अज्ञात समुहले गोली हानी हत्या गरका थिए ।
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण
सारांश
- स्थानीय निकाय कर्मचारी सहिद प्रभु नारायण यादव स्मृति ट्रस्टद्वारा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितीको परिसरमा रहेको यादवको शालिकमा माल्यार्पण गरी शहिद दिवस मनाइएको हो ।
- कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमृुख प्रभावकर यादव, राजविराज नगरपालिकाका प्रमुख, शम्भु प्रसाद यादव, अधिकारीक निजामती ट्र्ेड युनियनका अध्यक्ष अजय कुमार झा, कर्मचारी युनियनका अध्यक्ष सुर्यकान्त झा, जसपाका केदार यादव, लोसपाका दिनेश यादव, विनोद यादव, स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशका सचिव गंगाराम साह, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, ट्रस्टका अध्यक्ष अवधेश झा लगायत सयौंको संख्यामा उपस्थित कर्मचारी, संचारकर्मी तथा सर्वसाधारणले माल्यार्पण गरेका थिए ।
- सो अवसरमा सहभागीहरुले स्व.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया