आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय

राजविराज राजविराज
|
शनिबार, बैशाख २२, २०८१
|
|
१९ पटक हेरिएको
Shares
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय

सारांश

  •     स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगोले त्यहाँका ४६ परिवारको घरलाई खरानी बनायो ।
  • शत्रुधन यादवको घर भएको बस्ती र सदाहरुको कूलदेवता भएको वस्तीको बीचमा एउटा आँपको बगैचा समेत रहेको छ ।
  • आगो बगैंचा पार गरेर सदाहरुको बस्तीमा समेत आगलागी भयो ।

राजेश झा
    एउटा वस्तीको बीचमा रहेको फुसको एउटा सानो घर । घर अगाडि बाँसको भाटाले बनाइएका घेराबेरा (टाटी) र फुलका विरुवाहरु । ती फुसको घरको चारैतिरका घरहरु आगलागीमा परेर खरानी भईसक्यो तर त्यो घर जस्ताको तस्तै छ । बाँसको भाटाले बनाइएका टाटीमा आगोको एउटा झिल्का समेत नपरेको अवस्था । यो अद्भुत र अविश्वसनिय घटना हो महादेवा गाउँपालिका वडा नं. १ चिम्टीको । 
    बैशाख १८ गते दिउँसो चिम्टीमा आगलागी भयो । स्थानीय सदा, यादव र मुस्लिम समुदायको घरहरु जल्यो । तर सदा जातिले पुज्ने आफ्नो कूलदेवताको घरमा आगोले केही गर्न सकेन । कुलदेवताको हातामा रहेको फुलको विरुवामा समेत आगोले केहीक्षति गरेको छैन । 
    स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगोले त्यहाँका ४६ परिवारको घरलाई खरानी बनायो । शत्रुधन यादवको घर भएको बस्ती र सदाहरुको कूलदेवता भएको वस्तीको बीचमा एउटा आँपको बगैचा समेत रहेको छ । आगो बगैंचा पार गरेर सदाहरुको बस्तीमा समेत आगलागी भयो । त्यो दिन पश्चिमबाट पूर्वतर्फ बग्ने अत्यधिक बेगको हावा थियो । जसले गर्दा आगो बगैचालाई समेत पार गर्दै अर्को बस्तीलाई खरानी पा¥यो तर त्यो मन्दिरको टाटीलाई बाँध्नप्रयोग गरिएको डोरीमा समेत आगो लागेन ।
    कुलदेवताको घरमा आगोले कुनै प्रभाव नपारेको देख्दा प्रमुख जिल्ला अधिकारी किरण थापा सहितका सुरक्षा निकायका प्रमुखहरुले समेत आश्चर्य ब्यक्त गरे । आगलागी भएको पाँचौ दिन सदा जातिको कुलदेवताको घरमाथि स्थानीयको नजर गयो । त्यसपछि त्यहाँ उपस्थित गाउँपालिका अध्यक्ष सुनिल मण्डल, प्रमुख जिल्ला अधिकारी थापा, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहसहितको टोलीले सो घरको अवलोकन निरीक्षण गरेका थिए ।
    सदा जातिका अगुवाहरुले आफ्ना कुलदेवताको मन्दिरमा आगोले कुनै प्रभाव नपारेको देख्दा आफ्ना कुलदेवतामाथि आस्था र विश्वास झनगहिरिदै गएको बताए । हो पनिदेवी देउता माथि यदि तपाईको विश्वास छ भने कुनै न कुनै रुपमा त्यो देखिन्छ । नभए चारैतिर आगो रन्किरहेको अवस्थामा आफूलाई सुरक्षित राख्न एउटा फुसको सानो झुपडीको के औकात ? अझ अविश्वसनिय के भने हाताबाहिर राखिएको गहुँसहितको बोरा जल्यो तर त्यही हाताभित्र राखिएको गहुँमा आगोको एउटा झिल्का समेत परेन । यो त झन् अद्भूत कुरा हो । देवी देउतामाथि आस्था र विश्वास राखेमा यस्ता अद्भूत, अविश्सनिय र अकल्पनिय घटनाहरु हेर्न, सुन्न र पढ्न पाइन्छ । जय होस् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
रगतको अभाव हुन नदिन प्रहरीद्वारा रक्तदान
रगतको अभाव हुन नदिन प्रहरीद्वारा रक्तदान
सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव
सप्तरीका अधिकांश कार्यालयहरुमा कर्मचारीको चरम अभाव