दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीको सुरुङ्गा नगरपालिका ९ बैरबोनाका रमानन्द यादवको घरमा आगो लगाएर फरार रहेका यादव दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैरबोना निवासी ३५ वर्षिय बिरेन्द्र यादव र उनकी श्रीमती २९ वर्षिया रन्जु कुमारी यादव रहेका छन् । उनीहरुलाई प्रहरीले सिरहाको लहानस्थित अस्पताल चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाक्रम अनुसार चैत ११ गते बिहान ३ बजे स्थानिय रमानन्द यादवको खरले छाएको फुसको घरमा यादव दम्पत्ति र वडा नं. १० सिस्वा बस्ने ४५ वर्षिय रामबिलास यादवले आगो लगाएका थिए । उनीहरुले आगो लगाउँदै गरेको अवस्था स्थानियले देखेपछि फरार भएका थिए । सो आगलागिमा नगद १५ हजारका साथै घर र अन्नपातगरि ९९ हजार २ सय मुल्य बराबरको क्षति भएको थियो ।
तीनै जना बिरुद्ध अपराधिक उपद्रव (आगोलागि) मुद्दा दर्ता भएपछि फरार रहेका उनीहरु मध्ये यादव दम्पत्तिलाई बिहीबार प्रहरी चौकी धाँती र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
सारांश
- पक्राउ पर्नेमा बैरबोना निवासी ३५ वर्षिय बिरेन्द्र यादव र उनकी श्रीमती २९ वर्षिया रन्जु कुमारी यादव रहेका छन् ।
- उनीहरुलाई प्रहरीले सिरहाको लहानस्थित अस्पताल चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
- घटनाक्रम अनुसार चैत ११ गते बिहान ३ बजे स्थानिय रमानन्द यादवको खरले छाएको फुसको घरमा यादव दम्पत्ति र वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया