७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद

राजविराज राजविराज
|
आइतबार, आश्विन ५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद

सारांश

  •     बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा जिल्ला न्यायाधिश जवाहरप्रसाद सिंहको एकल इजलाशले तिलाठी कोइलाडी गाउँपालिका ५ बर्साइनका खुशीलाल रजकलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार दीलकुमार बर्देवाले जानकारी दिएका छन् ।
  •       २०७५ साल भदौं ७ गते बाटामा हिँडिरहेकी किशोरीलाई घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको कसुरमा रजकलाई अदालतले सो फैसला गरेको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ ८ गते पीडितकी आमाले उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक ७० वर्षे बृद्धलाई जिल्ला अदालत सप्तरीले यौन दुव्र्यवहार कसुरमा कैद सजाय सुनाएको छ । 
    बालिकासँग यौन दुव्र्यवहार गरेको कसुरमा जिल्ला न्यायाधिश जवाहरप्रसाद सिंहको एकल इजलाशले तिलाठी कोइलाडी गाउँपालिका ५ बर्साइनका खुशीलाल रजकलाई तीन महिना कैद र ३० हजार जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार दीलकुमार बर्देवाले जानकारी दिएका छन् । 
    २०७५ साल भदौं ७ गते बाटामा हिँडिरहेकी किशोरीलाई घरभित्र लगेर हातपात गरी यौन दुव्र्यवहार गरेको कसुरमा रजकलाई अदालतले सो फैसला गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ ८ गते पीडितकी आमाले उजुरी दिएपछि प्रहरीले पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान अगाडि बढाएको जनाइएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ