सप्तरी सेवा आश्रम मधेशवाद र मधेशी नेताहरु

राजविराज राजविराज
|
शनिबार, पौष २६, २०७६
|
|
७८ पटक हेरिएको
Shares
सप्तरी सेवा आश्रम मधेशवाद र मधेशी नेताहरु

सारांश

  •     अहिले मधेशमा राजपा र समाजवादीका अधिकांश स्थानीय तहका पदहरुमा जितेका नगर प्रमुख, अध्यक्ष तथा प्रदेश संसद, संघीय संसदहरुको संयुक्त रुपमा मधेशको निर्मल स्थल पावन भुमि सप्तरीमा मधेशवादका पाठका पाठशाला सप्तरी सेवा आश्रमलाई पुर्नजिवित गरी अहिले आपसमा लडिरहेका समाजवादी तथा राजपा पार्टीहरु आपसमा मिलि भोलीका शासक वर्गहरु जोकी मधेश विरोधी रहँदै आएका थिए भने अहिले पनि मधेश विरुद्ध अनेकौ किसिमको षड्यन्त्र गरी मधेशी पार्टीहरुमा आपसी मनमुटाव तथा विभेदको निति अख्तियार गरेको अवस्थामा समाजवादी र राजपाले आपसमा मिली पार्टी एकताको सन्दर्भको पाईलाहरु अगाडी बढाउनुपर्ने अवस्था देखिन्छ र मधेशका सहिद, मधेशका मधेश निर्मल स्थलहरु तथा आन्दोलनको प्रेरणा श्रोतहरुलाई आस्था र निष्ठाका साथ आत्म साथ गरी मधेशवादको आवाजलार्ई अगाडी बढाउनुपर्ने देखिन्छ ।
  • यसै सन्दर्भमा राजनैतिक पाठशालाको रुपमा सप्तरी सेवा आश्रम क्रान्ति भवन जस्ता धरोहरहरुलाई सुरक्षित गरी, संरक्षण गरी  अगाडी बढ््नुपर्ने आवश्यकता देखिन्छ ।
  •  

अमरनाथ मण्डल
    विभेदीकरणको अन्त्य शासकीय शासनवादद्वारा वर्षौदेखि मधेश र मधेशी जनता माथि गरिएको दमन, शोषन तथा विभेदको अन्त्यको लागि सप्तरीको भुमिमा एउटा महापुरुषको जन्म भएको छ । भगवान राम जस्तै महान आत्ममा र महान विचारको आस्थामा राम जस्तै रामनवमीको मधेश नायक गजेन्द्र नारायण सिंह जन्म भएको छ । वहाँ सानै उमेरमा नै विभेदीकरणको अन्त्यको लागि संघर्षरत गरी कैयो पटक जेलनेल तथा उत्पीडन, अत्याचार लगायत शारिरीक तथा मानसिक यातनाको सिकार शासक वर्गहरुद्वारा दिँदै आएको अवस्थामा वहाँले आफ्नो संघर्षको लडाई र त्याग बलिदानलाई कहिले पनि छाडेनन् । मधेशवादको अवधारणाको जन्मदाता संघीयताको परिभाषित गर्ने महान आत्मा महानपुरुष गजेन्द्र बाबुको निवास तथा राजनैतिक विचारको संग्रहालय सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित सप्तरी सेवा आश्रममा रहँदै आएको थियो । सप्तरी सेवा आश्रमबाट कैयौ मधेशी नेताहरु मधेशवादको अवधारणाको साथ नेता बन्न प्रेरणा पाए । पंचायती निरंकुश शासनको विरुद्ध तथा जहाँनीय राणा शासनको विरुद्ध जय प्रकाश नारायण, राममनोहर लोहिया जस्ता प्रजातन्त्रवादी नेताहरुसँग दुवै देशको प्रजातान्त्रिक आन्दोलनमा सहयात्री बन्दै महान आन्दोलनको नायकको रुपमा स्थापित बन्दै गएको छ । पंचायती व्यवस्थामा पनि संसदीय आम निर्वाचनमा सहभागिता भई वहाँलाई हराउने सम्पूर्ण प्रशासन तन्त्र र राज्यका संयन्त्र लागि परे तर दमन र शोसनको परिकाष्ठा नाघ्दै गएको अवस्थामा झन उहाँले जनमतको ठूलो अपार सहमति एकतृत गर्न पायो । जसको परिणाम पंचायती शासनको अन्त्य सँगै सद्भावना परिषद् माध्यमबाट नेपाल सद्भावना पार्टीको गठन गरियो । नेपाल सद्भावना पार्टीको भित्र मधेशी माथि भईरहेको विभेदीकरणको अन्त्य नागरिकता समस्या संघीयता राज्यमा मधेशी, जनजाती आदीबासी, मुस्लिमहरुको पूर्ण पहुँच तथा सहभागिता आवाजहरु बुलन्त गर्ने आखिरमा त्यो सबै खाकाहरु सप्तरी सेवा आश्रममा बसेर एउटा टिनको छाप्रोबाट विचारहरु उत्पन्न भएका थिए । 
    सप्तरी सेवा आश्रम मधेश नायक गजेन्द्र बाबु रहँदा खेरी धेरै चर्चित रुपमा सुन्नमा आउँथ्यो । नयाँ पुस्ताहरुको मधेश आन्दोलनमा लडाई लड्नको लागि सप्तरी सेवा आश्रमले धेरै प्रोत्साहित गरे । सप्तरी सेवा आश्रमबाट हजारौं युवा मधेशका वीर सपुतहरु मधेशमा भईरहेको विभेदीकरणको अन्त्यको लागि सप्तरी सेवा आश्रम प्रेरणाको श्रोत बन्दै सप्तरी सेवा आश्रमको भित्र प्रवेश गर्दा खेरी नागरिक पत्रकार तथा बुद्धिजिवीहरु मधेशको चिन्तन गर्न थाले तत्कालिन नेपाल सद्भावना पार्टीको अवधारणाहरु तथा नीति निर्देशनहरु सप्तरी सेवा आश्रमबाट नै केन्द्रित हुन्छ । सप्तरी सेवा आश्रमबाट नै अहिले एमालेको चिन्ह लिएर संसद बनेका र पछि मन्त्री बनेका हृदय त्रिपार्टी तथा नेकपाका खोल ओढेका पूर्व कटर मधेशवादी रामेश्वर राय यादव अहिले नेकपा बनेका अनिस अन्सारी जस्ता नेताहरुको राजनैतिक जीवनको सुरुवात सप्तरी सेवा आश्रमबाट नै प्रेरणाको श्रोत पाएका थिए । त्यस्तै गजेन्द्र बाबुको कटर अनुगाईको रुपमा चर्चित रहेका राजेन्द्र महतो र अनिल झा जो अहिले राजपाका अध्यक्ष मण्डलका सदस्य रही राजपाका निति निर्वानकर्ता बनी मधेश आन्दोलनका नायकको रुपमा स्थापित बनेका छन् । वहाँँहरु मधेशवादको अवधारणा बोकेका तथा मधेश आन्दोलनका अग्रणी वीरयोद्धाहरु रहेता पनि भर्खरै गरिएको नेकपासँग दुई बुँदे सहमति प्रति मधेशी जनताहरुले मनभित्र नै असन्तुष्टि व्यक्ति गरिरहेका छन् ।  त्यस्तै राजनीतिक जीवनको सुरुवात तथा प्रेरणाको श्रोत गजेन्द्र बाबुको स्थलको रुपमा हजारौं नेताहरुको राजनीतिक जीवनको सुरुवात सप्तरी आश्रमको भुमिबाट नै गरिएको छ । सप्तरी सेवा आश्रम मधेशवादको शिक्षाको मुल आधार भन्ने गरिन्थ्यो । नेपालको कुनै कुनाबाट सप्तरी सेवा आश्रममा मधेशवादको शिक्षा, दिक्षा तथा राजनीतिक नीति निर्देशनको अवधारणाहरु निर्माण हुने गरेको तथ्यहरु सबै सामु विदितै छ । तर अहिले सप्तरी सेवा आश्रम पूर्ण रुपमा विस्थापित गरी सेवा आश्रमको भुमिमा मधेशका नायक मधेशी मसियाहा गजेन्द्र नारायण सिहंको समाधि स्थल रहेको छ भने सो समाधि स्थल प्रतिको आस्थाको फूल चढाउन मानिसहरु विस्तारै जान कम गरिरहेको देखिन्छ । सप्तरी सेवा आश्रम निजीकरण गरी मधेशका आस्था रहेका सेवा आश्रमलाई निजी हकमा प्रयोग गरी सेवा आश्रम भित्र रहेका क्रान्ति भवनलाई तोडी स्कूलहरु बनाएका छन् भने सेवा आश्रम बाहिर र भित्र वारिवारिक वादले व्यापार स्थल बनाएका छन् । राजपा र समाजवादीको सरकार प्रदेशमा रहँदा खेरी यस पाली सप्तरीमा सहिद स्मारक, शहिद स्थलहरुको निर्माण थालिएको छ भने यसै सन्दर्भमा सप्तरी सेवा आश्रमलाई प्रदेश सरकारले आफ्नो मातहतमा राखी मधेश संग्राहालयको निर्माण गरी मधेशवादका अवधारणाका धेरै सत्यतथ्यहरु रहेका सप्तरी सेवा आश्रम मधेश र मधेशीको लागि प्रेरणाको श्रोत मार्ग दिशा निर्देशन गर्ने स्थलको रुपमा रहेको अवस्थामा प्रदेश तथा संघीय सरकारले संग्रहालय तथा मधेशदर्शनको रुपमा स्थापित गर्न सक्थ्यो । तर प्रदेश सरकारको ध्यान सप्तरी सेवा आश्रम जो कि गजेन्द्र बाबुको राजनीतिक जीवनको महत्वपूर्ण अंग पनि सप्तरी सेवा आश्रमलाई मानिन्छ । त्यस्ता इतिहासिक धरोहरहरु लोभ भई रहेका छन् । भोलीका हाम्रो सन्तान र सन्तनीहरु मधेश दर्शनको अनुभुति र विश्लेषण गर्दा सप्तरी सेवा आश्रमको प्रमुखता आफैमा पूर्ण रुप सक्षम रहेको देखिन्छ । मधेशको पहिचानको लागि अन्य क्षेत्रमा जस्तै पर्यटकीय विकास मधेशवादको सिखको विद्यालय, सप्तरी सेवा आश्रमलाई बनाउन सक्छ । सप्तरी सेवा आश्रमले धेरै मधेशवाद बोकेका नेताहरुलाई राजनीतिक धरातलको अनुभुति गराएका छन् भने धेरै राजनेताहरुलाई मधेश दर्शनको पाठ सिकाएका छन् । सप्तरीको ऐतिहासिक स्थलको रुपमा विकास गरी प्रदेश सरकारबाट सप्तरी सेवा आश्रमलाई पुर्नजिवित गरी मधेश संग्रालयको रुपमा निर्माण गर्नुपर्ने आम मधेशीको भावना सँग गाँसिएको छ । त्यसै कारण गजेन्द्र बाबुले सिकाएका मधेश दर्शन, मधेशवाद, संघीयता, नागरिकता समस्या तथा अधिकार प्राप्ति लडाईहरुलाई हामी आन्दोलनको रुपमा स्थापित गरी संविधान संशोधन लगायत मुद्दाहरुको लागि लडिरहेको अवस्थामा मधेशको नायक गजेन्द्र नारायण सिहंको समाधि रहेको सप्तरी सेवा आश्रमलाई संरक्षित गरी संग्रालय बनाई पर्यटकीय तथा राजनैतिक दर्शनलाई स्थापित गर्ने प्रदेश तथा स्थानीय सरकारको अहम भुमिका रहेको छ । साथै मधेशवादका पाठ सिकेका नेताहरु मूल भुमि सप्तरी सेवा आश्रम रहेकोले आफ्नो भुमिलाई संरक्षित र सम्बद्र्धनको लागि मधेशका नेताहरुलाई एक पाइला अगाडी बढ्नु पर्ने अहिलेको आवश्यकता देखिन्छ ।
    अहिले मधेशमा राजपा र समाजवादीका अधिकांश स्थानीय तहका पदहरुमा जितेका नगर प्रमुख, अध्यक्ष तथा प्रदेश संसद, संघीय संसदहरुको संयुक्त रुपमा मधेशको निर्मल स्थल पावन भुमि सप्तरीमा मधेशवादका पाठका पाठशाला सप्तरी सेवा आश्रमलाई पुर्नजिवित गरी अहिले आपसमा लडिरहेका समाजवादी तथा राजपा पार्टीहरु आपसमा मिलि भोलीका शासक वर्गहरु जोकी मधेश विरोधी रहँदै आएका थिए भने अहिले पनि मधेश विरुद्ध अनेकौ किसिमको षड्यन्त्र गरी मधेशी पार्टीहरुमा आपसी मनमुटाव तथा विभेदको निति अख्तियार गरेको अवस्थामा समाजवादी र राजपाले आपसमा मिली पार्टी एकताको सन्दर्भको पाईलाहरु अगाडी बढाउनुपर्ने अवस्था देखिन्छ र मधेशका सहिद, मधेशका मधेश निर्मल स्थलहरु तथा आन्दोलनको प्रेरणा श्रोतहरुलाई आस्था र निष्ठाका साथ आत्म साथ गरी मधेशवादको आवाजलार्ई अगाडी बढाउनुपर्ने देखिन्छ । यसै सन्दर्भमा राजनैतिक पाठशालाको रुपमा सप्तरी सेवा आश्रम क्रान्ति भवन जस्ता धरोहरहरुलाई सुरक्षित गरी, संरक्षण गरी  अगाडी बढ््नुपर्ने आवश्यकता देखिन्छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी प्रभावित समुदायमा पानी शुद्विकरण सम्बन्धी अभिमुखिकरण 
बाढी प्रभावित समुदायमा पानी शुद्विकरण सम्बन्धी अभिमुखिकरण 
प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ?
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
प्रहरीमाथी गोली प्रहार गर्ने पूर्व सैनिकसहित दुई जनालाई १२ वर्ष कैद
पाँचौ दिन पनि रिले अनसन जारि 
पाँचौ दिन पनि रिले अनसन जारि 
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु