पाँचौ दिन पनि रिले अनसन जारि 

राजविराज राजविराज
|
मंगलबार, पौष १, २०८२
|
|
४३ पटक हेरिएको
Shares
पाँचौ दिन पनि रिले अनसन जारि 

सारांश

  •     जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गत शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
  •     यता गठित संघर्ष समितिको संयोजनमा जारि अनसनमा ऐक्यबद्धता जनाउदै बस्नेहरुको संख्या पनि दैनिक बढ्दै गएको छ ।
  •     रिले अनसनको पाँचौ दिन मंगलबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधिका साथै मधेश प्रदेशका सांसद किरणकुमारी साह, पूर्व सिचाई मन्त्री उमेश कुमार यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता विकास तिवारीसमेत बसेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ पुस । 

    आन्तरिक राजश्व कार्यालय पुनःस्थापनाको माग गर्दै राजविराजमा पाँचौ दिन मंगलबार पनि रिले अनसन जारि छ ।
    जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गत शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
    यता गठित संघर्ष समितिको संयोजनमा जारि अनसनमा ऐक्यबद्धता जनाउदै बस्नेहरुको संख्या पनि दैनिक बढ्दै गएको छ ।
    रिले अनसनको पाँचौ दिन मंगलबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधिका साथै मधेश प्रदेशका सांसद किरणकुमारी साह, पूर्व सिचाई मन्त्री उमेश कुमार यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता विकास तिवारीसमेत बसेका छन् ।  
    गत मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् ।    
    जनयुद्ध कालमा आन्तरिक राजश्व कार्यालय राजविराजबाट सिरहाको लहानमा सारिएको थियो । लामो सम्वादपछी बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित करदाता सेवा कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
    सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरुवा चरुवा र विद्यालय बाहिर रहेका बालबालिकाले पाए शैक्षिक सामाग्रि
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
लागुऔषधसहित दुई पक्राउ 
लागुऔषधसहित दुई पक्राउ 
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सबल नेपालद्वारा बाल क्रिकेटर गोलुलाई खेल सामाग्री प्रदान
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
९७ अग्नीपीडितको निःशुल्क उपचार
९७ अग्नीपीडितको निःशुल्क उपचार
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़
संस्कृतिको संरक्षण र सम्बद्र्धन हाम्रै दायित्व हो ः तातेड़