दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
विद्यालयमा प्रदान गरिने दलित छात्रबृत्ति र छात्रवृत्ति अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवहास्थित मावि खोक्सरमा विद्यार्थीहरुलाई पोशाक बितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कुन्दी यादवको अध्यक्षतामा आयोजित पोशाक बितरण कार्यक्रममा ३ सय २ विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक रिता कुमारी चौधरीका अनुसार विद्यार्थीहरुलाई प्रत्येक वर्ष बितरण गरिने विभिन्न छात्रवृत्तिको रकमलाई यस पटक पोशाक खरीद गरि बितरण गरिएको हो । उनले भनिन्, “रकम प्रदान गर्दा अभिभावकहरुले रकम अन्य शिर्षकमा खर्च गर्ने गरेको पाइएको छ, यसपटक सो रकमबाट विद्यालयले पोशाक बितरण गरेपछि अब विद्यार्थीहरु विद्यालय आउँदा एकै प्रकारको पोशाक लगाएर आउँने छन् ।”
शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा नं. १ अध्यक्ष जिवछ साह, नगरपालिकाका योजना प्रमुख देवनारायण साह, व्यवस्थापन समितिका सदस्य रामचन्द्र साह, शिक्षक मनोज यादवलगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण
सारांश
- विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कुन्दी यादवको अध्यक्षतामा आयोजित पोशाक बितरण कार्यक्रममा ३ सय २ विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
- विद्यालयका प्रधानाध्यापक रिता कुमारी चौधरीका अनुसार विद्यार्थीहरुलाई प्रत्येक वर्ष बितरण गरिने विभिन्न छात्रवृत्तिको रकमलाई यस पटक पोशाक खरीद गरि बितरण गरिएको हो ।
- उनले भनिन्, “रकम प्रदान गर्दा अभिभावकहरुले रकम अन्य शिर्षकमा खर्च गर्ने गरेको पाइएको छ, यसपटक सो रकमबाट विद्यालयले पोशाक बितरण गरेपछि अब विद्यार्थीहरु विद्यालय आउँदा एकै प्रकारको पोशाक लगाएर आउँने छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया