महिलाको रहस्यमय मृत्यु, श्रीमान् पक्राउ

राजविराज राजविराज
|
बुधबार, जेठ ८, २०७६
|
|
६४ पटक हेरिएको
Shares

सारांश

  •     एक महिना अघि मात्र सिरहाकै कल्याणपुर नगरपालिका ८ स्थित आफ्नै घरमा मट्टितेल खन्याएर आगो लगाई एक महिलाको हत्या भएको थियो ।
  •       बस्तीपुरकी चन्देश्वर यादवकी पत्नी करिब २९ वर्षीया रीतुदेवी यादव मंगलबार अपराह्न घरमा मृत फेला परेकी थिइन् ।
  •       रीतुको मृत्युको सूचना पाए लगत्तै प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि पति चन्देश्वरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
सिरहा, ८ जेठ । 
    सिरहाको कर्जन्हा नगरपालिका बस्तीपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
    एक महिना अघि मात्र सिरहाकै कल्याणपुर नगरपालिका ८ स्थित आफ्नै घरमा मट्टितेल खन्याएर आगो लगाई एक महिलाको हत्या भएको थियो । 
    बस्तीपुरकी चन्देश्वर यादवकी पत्नी करिब २९ वर्षीया रीतुदेवी यादव मंगलबार अपराह्न घरमा मृत फेला परेकी थिइन् । 
    रीतुको मृत्युको सूचना पाए लगत्तै प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि पति चन्देश्वरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिएका छन् ।
    आफ्नै घरमा मृतावस्थामा भेटिएकी रीतुको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्कामा चन्देश्वरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खनालले बताए । 
    प्रहरी नायब उपरीक्षक खनालका अनुसार चन्देश्वर केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए । ‘घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान थालिएको छ,’ प्रहरी नायव उपरीक्षक खनालले भने, ‘पोष्टमार्टमको प्रतिवेदन नआएसम्म मृत्युको कारणको विषयमा बताउन सकिंदैन ।’ 
    करिब ६ वर्षीया छोरीकी आमा रीतुदेवीको पतिसँगको विवाद वा झैझगडा के थियो भन्ने विषयमा केही खुलेको छैन । यद्यपि, रीतुदेवीले छोरा नजन्माएको निहुँमा पछिल्लो केही समयदेखि पति र परिवारका सदस्यहरुसँग झगडा हुँदै आएको बताइएको छ । 
    रीतुले छोरा नजन्माएको निहुँमा श्रीमान्लगायतले पटकपटक यातना दिँदै आएका र सोही कारण उनको हत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 
शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह
शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
वर्षाैदेखि भोगचलन गर्दै आएको जग्गाबाट बिस्थापित  गराउन खोजिएको भन्दै पीडितहरु न्यायको खोजिमा 
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
विप्लवका तीन जिल्ला सदस्य पक्राउ
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते 
निर्माण व्यवसायीहरुको निर्वाचन माघ ६ गते