दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
राजविराज नगरपालिकाको गाडीको ठक्करबाट गम्भिर घाइते भएका एक किशोरको उपचार खर्चको माग गर्दै बुधबारदेखी उनका आफन्त र स्थानीय नगरपालिका परिसरमै अनिश्चितकालिन धर्नामा बसेका छन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी १६ वर्षिय राजेश कुमार यादव गत माघ १ गते राजविराज नगरपालिकाको स.१झ. ४८१ नं को स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका थिए ।
बिदाका दिन राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको सो गाडीमा राजविराज नगरपालिका वडा नं. २ का वडाअध्यक्ष अरुण यादवसहितका केही व्यक्ति सवार रहेका थिए ।
ठक्करबाट हात र खुट्टा भाचिनुका साथै टाउँकोमा गम्भिर चोट लागेका उनलाई प्रहरीले उपचारका लागि सोही दिन बिराटनगरस्थित बिराट नर्सिङ्ग होममा भर्ना गराएको थियो ।
उक्त गाडी भने चालक बिनोद साहले चलाइरहेको नगरपालिका श्रोतले जनाएको छ । उपचारका क्रममा ९२ दिनपछी होसमा आएका छोराको उपचार वापतको २५ लाख मध्ये नगरपालिकाले अहिलेसम्म २ लाख रुँपैया मात्र दिएको बुबा रघुनाथ यादवको भनाई छ । बाँकी २३ लाख रुँपैया बुझाउन नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको र बाध्य भई धर्नामा बस्नु परेको उनले सुनाए ।
नगरपालिकाले विभिन्न बहाना देखाउँदै थप रकम दिन आलटाल गर्ने गरेको र आफुसँग त्यत्रो ठूलो रकम तिर्ने हैसियत नहुँदा छोरालाई घर ल्याउन नसकिएको उनले लाचारी सुनाए ।
बोदेबरसाइन नगरपालिकाबाट बालकका आफन्तसहित करिब सय जनाको संख्यामा आएका स्थानीयले मूल गेटमै धर्ना कार्यक्रम सुरु गरेका छन् ।
रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
सारांश
- सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी १६ वर्षिय राजेश कुमार यादव गत माघ १ गते राजविराज नगरपालिकाको स.
- १झ.
- ४८१ नं को स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया