दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
४७ पटक हेरिएको
Shares
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु

सारांश

  •     फागुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन भएको छ ।
  • सो अभियानको राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले अभियानको उद्घाटन गरेका हुन् ।
  •     सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
    दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम बिहीबारदेखी सुरु भएको छ । राजविराजस्थित केअ माविमा दादुरा रूवेला खोप अभियान सुरू भएको हो ।
    फागुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन भएको छ । सो अभियानको राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले अभियानको उद्घाटन गरेका हुन् ।
    सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरिएको हो । अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका बालवालिकाहरूलाई खोप लगाउने प्रमुख यादवले बताए । 
    जिल्लाको विभिन्न वडा र पालिकावाट गरिने तीन चरणको अभियानका लागि ५३ लाख ८७ हजार १ सय ६० रूपैयाँ बिनियोजना गरिएको कार्यालय प्रमुख यादवको भनाई छ । 
    राष्ट्रिय खोप कार्यक्रम अनुसार देशभरीमा ७८ प्रतिशत बालबालिकाले खोप प्राप्त गरेका छन भने २१ प्रतिशतले आंशिक खोप तथा एक प्रतिशत वालवालिका खोपबाट वञ्चित छन् । यता प्रदेश २ मा पनि ७३ प्रतिशत वालवालिका खोप लगाएको तथा २७ प्रतिशत बालवालिका खोपवाट बञ्चित रहेका छन् ।
    कुनै पनि बच्चा खोप खुवाउनबाट बञ्चित नभएको वा छुटेको भनी वडा, पालिका, तथा जिल्ला खोप समन्वय समितिवाट प्रमाणित गरिदिएपछि शतप्रतिशत खोप खुवाएको बुझिने प्रमुख यादबले बताए ।
    अभियान अन्तरगतलाई जिल्लामा तीन चरणमा संचालन गरिएको छ । पहिलो चरण फागुन १ गतेदेखि फाल्गुन ९ गतेसम्म राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा संचालन हुनेछ । 
    त्यस्तै दोश्रो चरण फागुन ११ गतेदेखि फागुन १९ गतेसम्म डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र विष्णुपुर गाउँपालिकामा संचालन हुनेछ । 
    यसैगरि तेश्रो चरण फागुन २१ गतेदेखि फागुन २९ गतेसम्म बोदेवर्साइन नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका, अग्निसाईर कृष्णासवरण गाउँपालिका, बलान विहुल गाउँपालिका र रुपनी गाउँपालिकामा संचालन हुने जिल्ला खोप समन्वय समिति स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा
खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगितामा लौनियाँ र मन्सापुर विजयी
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
वडाअध्यक्ष र सचिवको मिलोमतोमा जग्गा छिमेकीको नाममा दर्ता गर्न सिफारिस गरेको पीडितको आरोप
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?