दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
८६ पटक हेरिएको
Shares
दादुरा रूबेला खोप राष्ट्रिय अभियान सुरु

सारांश

  •     फागुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन भएको छ ।
  • सो अभियानको राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले अभियानको उद्घाटन गरेका हुन् ।
  •     सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
    दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम बिहीबारदेखी सुरु भएको छ । राजविराजस्थित केअ माविमा दादुरा रूवेला खोप अभियान सुरू भएको हो ।
    फागुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन भएको छ । सो अभियानको राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले अभियानको उद्घाटन गरेका हुन् ।
    सरकारले सन् २०२३ सम्म दादुरा रूवेला रोग उन्मुलन गर्ने लक्ष्य लिएर सो राष्ट्रिय खोप अभियान संचालन गरिएको हो । अभियानमा ९ महिना देखि ५ बर्ष मुनिका बालवालिकाहरूलाई खोप लगाउने प्रमुख यादवले बताए । 
    जिल्लाको विभिन्न वडा र पालिकावाट गरिने तीन चरणको अभियानका लागि ५३ लाख ८७ हजार १ सय ६० रूपैयाँ बिनियोजना गरिएको कार्यालय प्रमुख यादवको भनाई छ । 
    राष्ट्रिय खोप कार्यक्रम अनुसार देशभरीमा ७८ प्रतिशत बालबालिकाले खोप प्राप्त गरेका छन भने २१ प्रतिशतले आंशिक खोप तथा एक प्रतिशत वालवालिका खोपबाट वञ्चित छन् । यता प्रदेश २ मा पनि ७३ प्रतिशत वालवालिका खोप लगाएको तथा २७ प्रतिशत बालवालिका खोपवाट बञ्चित रहेका छन् ।
    कुनै पनि बच्चा खोप खुवाउनबाट बञ्चित नभएको वा छुटेको भनी वडा, पालिका, तथा जिल्ला खोप समन्वय समितिवाट प्रमाणित गरिदिएपछि शतप्रतिशत खोप खुवाएको बुझिने प्रमुख यादबले बताए ।
    अभियान अन्तरगतलाई जिल्लामा तीन चरणमा संचालन गरिएको छ । पहिलो चरण फागुन १ गतेदेखि फाल्गुन ९ गतेसम्म राजविराज नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा संचालन हुनेछ । 
    त्यस्तै दोश्रो चरण फागुन ११ गतेदेखि फागुन १९ गतेसम्म डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र विष्णुपुर गाउँपालिकामा संचालन हुनेछ । 
    यसैगरि तेश्रो चरण फागुन २१ गतेदेखि फागुन २९ गतेसम्म बोदेवर्साइन नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुङ्गा नगरपालिका, अग्निसाईर कृष्णासवरण गाउँपालिका, बलान विहुल गाउँपालिका र रुपनी गाउँपालिकामा संचालन हुने जिल्ला खोप समन्वय समिति स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी