दैनिक समाचारदाता
राजविराज, २९ असार ।
ढोक नं. १० को रेलिङ भत्काउँदै शुक्रबार बिहान एक ट्रक सप्तरी र सुनसरीको सीमामा पर्ने कोशी ब्यारेज पुलबाट नदीमा खसेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ७ः३० बजेतिर बस र ट्रक एकआपसमा ठोकिएर सो दुर्घटना भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.१ख. १७६५ नम्बरको यात्रुबाहक बसलाई साइट दिने क्रममा अचानक अनियन्त्रित भई मे.१ख. ३००७ नम्बरको ट्रक सप्तकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
तिब्र गतिका कारण साइट दिने क्रममा दुबै सवारीसाधन एकआपसमा ठोकिएको र अनियन्त्रित भई ट्रक नदीमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
चालकसहित ट्रकमा सवार तीन जनाको डोरीको सहायताले सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले अहिले पानीको बहाव उच्च भएकाले डुबेको ट्रक देख्न नसकिएको तथा खोजतलास भइरहेको जानकारी दिए ।
घटनास्थलमा सप्तरी र सुनसरीका प्रहरी पुगेर ट्रकको खोजिकार्य तथा घटना बारे अनुसन्धान गरिरहेको उनको कथन छ ।
यता दुई दिनदेखी जारि वर्षासँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्न सुरु भएको छ । शुक्रबार दिउँसो सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६७ हजार २ सय ८५ क्विसेक प्रतिसेकेन्ड रेकर्ड भएको छ ।
पानीको वहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये अहिले ११ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
सारांश
- पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.
- १ख.
- १७६५ नम्बरको यात्रुबाहक बसलाई साइट दिने क्रममा अचानक अनियन्त्रित भई मे.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया