कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार

सारांश

  •     पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.
  • १ख.
  • १७६५ नम्बरको यात्रुबाहक बसलाई साइट दिने क्रममा अचानक अनियन्त्रित भई मे.

दैनिक समाचारदाता
राजविराज, २९ असार ।

    ढोक नं. १० को रेलिङ भत्काउँदै शुक्रबार बिहान एक ट्रक सप्तरी र सुनसरीको सीमामा पर्ने कोशी ब्यारेज पुलबाट नदीमा खसेको छ । प्रहरीका अनुसार शुक्रबार बिहान ७ः३० बजेतिर बस र ट्रक एकआपसमा ठोकिएर सो दुर्घटना भएको हो । 
    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.१ख. १७६५ नम्बरको यात्रुबाहक बसलाई साइट दिने क्रममा अचानक अनियन्त्रित भई मे.१ख. ३००७ नम्बरको ट्रक सप्तकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
    तिब्र गतिका कारण साइट दिने क्रममा दुबै सवारीसाधन एकआपसमा ठोकिएको र अनियन्त्रित भई ट्रक नदीमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 
    चालकसहित ट्रकमा सवार तीन जनाको डोरीको सहायताले सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले अहिले पानीको बहाव उच्च भएकाले डुबेको ट्रक देख्न नसकिएको तथा खोजतलास भइरहेको जानकारी दिए । 
    घटनास्थलमा सप्तरी र सुनसरीका प्रहरी पुगेर ट्रकको खोजिकार्य तथा घटना बारे अनुसन्धान गरिरहेको उनको कथन छ ।
    यता दुई दिनदेखी जारि वर्षासँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्न सुरु भएको छ । शुक्रबार दिउँसो सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६७ हजार २ सय ८५ क्विसेक प्रतिसेकेन्ड रेकर्ड भएको छ । 
    पानीको वहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये अहिले ११ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
नगरको ऐतिहासिक पोखरी शौच र पिसाब गर्ने थलो बन्दै 
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
जनमुखीको २४ साधारण सभा सम्पन्न
जनमुखीको २४ साधारण सभा सम्पन्न
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 
पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी 
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
घटनाको ९ महिना बितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन अदालत प्रतिबद्ध छ ः बरिष्ठतम न्यायाधिश श्रेष्ठ