दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । पछिल्लो पटक मंगलबार सप्तरीको राजगढ गाउँपालिका २ निवासी २० वर्षिय यूवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी सात दिनअघि मात्र भारतबाट फर्केका थिए । उनी गाउँपालिकाद्वारा संचालनमा ल्याइएको कवारेन्टाइनमा बस्दै आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा मंगलबार एक जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५५ पुगेको हो ।
यता संक्रमित मध्ये सबैभन्दा बढी जिल्लाको बोदेबसाईन नगरपालिकाका १९, राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, राजविराज नगरपालिका र बलान बिहुल गाउँपालिकाका ४÷४ तथा खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र विष्णुपुर गाउँपालिका १÷१ गरि मंगलबारसम्ममा जिल्लामा कूल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
संक्रमित पुष्टि भएका मध्ये २ महिला र ५३ पुरुष गरि ५५ जनालाई राजविराजस्थित साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा उपचारका लागि भर्ना गराइएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५७ वटा क्वारेन्टाइन केन्द्र निर्माण गरिएकोमा हाल १ हजार ६ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।
संक्रमित मध्ये ९५ प्रतिशत हालै भारतबाट घर फर्किएकाहरु रहेको जानकारी दिँदै प्रमुख यादवले भारतबाट प्रवेश गर्नेको संख्या बृद्धिसँग सँगै संक्रमित र आंशकितको संख्या समेत बढ्न थालेपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै
सारांश
- जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार जिल्लामा मंगलबार एक जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५५ पुगेको हो ।
- यता संक्रमित मध्ये सबैभन्दा बढी जिल्लाको बोदेबसाईन नगरपालिकाका १९, राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, राजविराज नगरपालिका र बलान बिहुल गाउँपालिकाका ४÷४ तथा खडक नगरपालिका, सुरुङ्गा नगरपालिका र विष्णुपुर गाउँपालिका १÷१ गरि मंगलबारसम्ममा जिल्लामा कूल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
- संक्रमित पुष्टि भएका मध्ये २ महिला र ५३ पुरुष गरि ५५ जनालाई राजविराजस्थित साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा उपचारका लागि भर्ना गराइएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया